धनगढी । धनगढीको निसर्ग हस्पिटल र नवजीवन अस्पतालमा काम गर्दै आएकी एक जना स्टाफ नर्स मृत फेला परेकी छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० की २० वर्षीय सुनम ऐर आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ। ऐर धनगढी उपमहानगरपालिका–५ तारानगरको ऐश्वर्या स्कुल नजिकै डेरा गरी बस्थिन ।
Advertisement
प्रहरीका अनुसार बन्द कोठा भित्र सुतेकै अवस्थामा आइतबार बिहान उनको शव भेटिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

