• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

तेस्रो बरियताका चिनियाँ नेता लीको आजदेखि तीन दिने नेपाल भ्रमण


  •   सोमबार, भदौ २७, २०७९ मा प्रकाशित
  • काठमाडौं । उत्तरी छिमेकी चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले आज (सोमबार)बाट तीन दिने नेपाल भ्रमण सुरु गरेका छन् ।

    Advertisement

    चिनियाँ कम्युनिस्ट पार्टी पोलिटिकल ब्युरोको स्थायी समितिका सदस्य ली राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङपछिको तेश्रो वरीयतामा रहेका नेता हुन्।

    सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा लि यहाँ आउन लागेका हुन्। लि को भ्रमण कार्यतालिका सार्वजनिक भएको छ।

    परराष्ट्र मन्त्रालयका अनुसार नेपाल आएकै दिन भदौ २७ गते लि र सभामुख सापकोटाबीच दिपक्षीय वार्ता हुनेछ। सोही दिन लिको सम्मानमा सापकोटाले रात्रीभोज दिनेछ्न् ।

    २८ गते प्रधानमन्त्री शेर बहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सेना र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता हुनेछ।

    लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग २९ गते सिस्टाचार भेट गर्नेछ्न्।

    नेपाल आएको भोलिपल्ट चिनियाँ जनकंग्रेस अध्यक्षले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बेग्लाबेग्लै भेट्ने तय भएको परराष्ट्रले जनाएको छ।

    चिनियाँ नेता रुस, मङगोलियापछि नेपाल आउन लागेको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ। नेपाल भ्रमण सकेर लि ३० गते दक्षिण कोरिया पुग्नेछन्।

    तीन वर्षअघि राष्ट्रपति सी चिनफिङको भ्रमणयता चीनका तर्फबाट नेपालमा भएको यो नै सबैभन्दा उच्चस्तरीय भ्रमण हो। ली राष्ट्रपति सी चिनफिङका एकदमै निकट मानिन्छन्।

    अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएसँगै चिनियाँ उच्चस्तरीय अधिकारीहरुले नेपालमा एकपछि अर्को गर्दै भ्रमण थालेका छन् । गत चैतमा चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आएका थिए । त्यसको तीन महिना नपुग्दै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ चियनछाओले जिम्मेवारी सम्हालेपछिको पहिलो विदेश भ्रमणका लागि नेपाललाई रोजेका थिए। ली पनि करिब १ सय सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रुस र मंगोलिया हुँदै नेपाल आएका हुन्।

    नेपाल सन् २०१७ मा बीआरआईमा सहभागी भएपछि चीनले काठमाडौँलाई पहिलाको तुलनामा थप महत्व दिन थालेको थियो । तर, अहिले चिनियाँ चासो बेल्ट एन्ड रोड इनिसियटिभ​ (बीआरआई) मा भन्दा पनि अमेरिकासँगको प्रतिस्पर्धामा ज्यादा केन्द्रित हुन थालेको आभास हुन्छ।
    नेपालमा अमेरिका‐चीन प्रतिस्पर्धा बढ्दै गएको छ । चिनियाँ अधिकारीहरुको नेपाल भ्रमण बाक्लो देखिए पनि चीनको तुलनामा अमेरिकी अधिकारीहरु बढी नेपाल आएका छन् ।

    गत चैतदेखि मात्र पनि नेपालमा तीन चिनियाँ टोलीको भ्रमण हुँदा चार अमेरिकी प्रतिनिधिमण्डल नेपाल आइसकेका छन् । यद्यपि, चिनियाँ भ्रमण टोलीको नेतृत्व उच्च अधिकारीहरुले गरेका छन् । एक वर्षदेखि कम्तीमा सात वटा अमेरिकी टोलीले नेपालको भ्रमण गरेको देखिन्छ। यसको तुलनामा चिनियाँ भ्रमणहरु सीमित तर उच्चस्तरीय छन्।

    नेपालमा चिनियाँ परियोजना बीआरआई र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सुरु भएयता चीन र अमेरिकाबीच कडा प्रतिस्पर्धा भएको पाइन्छ । गत फेब्रुअरीमा नेपालको संसदबाट एमसीसी पास हुनअघि अमेरिका र चीनको जुहारी नै चलेको थियो । अमेरिकाले चीनको कारण नेपालमा एमसीसी पास हुन कठिनाइ भइरहेको अभिव्यक्ति दिएसँगै चीनले १० दिनको अन्तरालमा एमसीसीमाथि प्रश्न उठाउँदै चार पटक प्रतिक्रिया दिएको थियो ।

    सोमबार, भदौ २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.