खिमराज चालिसे ।
अम्बाला (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अम्बाला नगर समितिअन्तर्गत महिला नगर विभाग गठन भएको छ ।
Advertisement
मूल प्रवाह सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य प्रेम रसाली प्रमुख अतिथि रहेको सो भेलामा महिला विभाग गठनबारे व्यापक छलफलपछि शोभा रसालीको संयोजकत्वमा सात सदस्यीय महिला नगर विभाग गठन गरिएको हो ।
समितिका अन्य सदस्यहरूमा सीता देवी, बिमला मेहरा, अन्जु सुवेदी, पार्वती क्षेत्री र विष्णु नेपाली रहनुभएको छ भने सदस्यको एक स्थान हाललाई रिक्त राखिएको छ ।
भेला कमल सुवेदीको अध्यक्षतामा तथा बाबुराम भुसालको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत धनबहादुर खड्काले स्वागत गर्नुभएको थियो ।