गणेश अधिकारी, पोखरा ।
पोखरा महानगरपालिका वडा न. २५ हेम्जामा अखिल नेपाल महिला संघको संगठन निर्माण भएको छ । गण्डकी प्रदेश सांसद पियारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले महिला संघको वडा समिति गठन गरेको हो ।
प्रेम कुमारी चोजाङ पुनको अध्यक्षतामा गठित १५ सदस्यीय समितिको उपाध्यक्षमा कलमाया घर्ती, सचिवमा तारा घर्ती, सह सचिवमा याम कुमारी पुन र कोषअध्यक्ष देउ माया आर्जेबा चयन हुनुभएको छ ।
सदस्यहरुमा माया केसी, दुर्गा कुवँर, मिनु थापा, दिल कुमारी पुन, याम कुमारी गर्बुजा, दिलसरा रोक्का, ओम कुमारी घर्ती, मिरा रोक्का, तुल कुमारी थापा, थम माया बुढा मगर र गिता रोक्का रहनु भएको छ ।
कार्यक्रममा नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसी, राष्ट्रिय जनमोर्चा जिल्ला उपाध्यक्ष टम बहादुर रोक्का, अखिल (छैठौं) का उपाध्यक्ष गणेश अधिकारी र महिला नेतृ जमुना केसीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रेम कुमारी चोजाङ घर्तीको अध्यक्षता, तथा याम कुमारी पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा दिलसरा रोक्काले स्वागत गर्नु भएको थियो ।