• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेपालद्वारा केन्याविरुद्धको श्रृंखला क्लिन स्विप


  •   सोमबार, भदौ २०, २०७९ मा प्रकाशित
  • काठमाडौं । केन्याविरुद्धको तेस्रो एक दिवसीय खेलमा ६ विकेटको जित निकाल्दै नेपालले तीन एक दिवसीय श्रृंखला क्लिन स्विप गरेको छ ।

    Advertisement

    नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको २ सय ५६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गर्ने क्रममा नेपालले ४७ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर लक्ष्य पूरा गर्दा श्रृंखला ३–० ले नेपालको पक्षमा परेको हो । स्पिनर बसिर अहम्मद र कप्तान रोहित पौडेलले ९५ रनको अविजित साझेदारी गरेपछि श्रृंखला नेपालमा पक्षमा परेको हो ।

    यससँगै नेपालले केन्याबिरुद्धको दुवै सिरिज आफ्नो बनाएको छ । नेपालले यसअघि पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो । नेपालको जितमा नट आउट रहेका बसिरले ५२ रनको पारी खेल्दा कप्तान रोहित पनि ४६ रनमा नट आउट रहे । बसिर अहमद ४९ बलमा ७ चौका प्रहार गर्दा रोहित ४६ बलमा ४ चौका प्रहार गर्न सके ।

    पाँचौं विकेटका लागि बसिर अहमद र रोहितकुमार पौडेलले ९५ रनको अविजित साझेदारी गर्दै जित पक्का गराएका हुन् । नेपालका अर्जुन साउद ९० बलमा ३ चौका र २ छक्कासहित ५८ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल ५१ बलमा १ चौकासहित ३३ रन बटुल्ने क्रममा एलबीडब्लूको धरापमा परेका थिए । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र अर्जुनले ८१ रनको साझेदारी गरेका थिए ।

    देव खनाल १ रनमा पवेलियन फर्किए । त्यस अघि ओपनर आसिफ शेख ४३ बलमा ९ चौका र २ छक्कासहित ५६ रन जोड्दै राम्रो शुरुवात गरेका थिए । बलिङतर्फ केन्याका भिराज पटेलले २ तथा शेम एनगोचे र याश तालातीले समान १÷१ विकेट आफ्नो नाममा लेखाए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले पूरै ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन मध्यम स्कोर बनाएको थियो । केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेल्दा लुकास एनडानडासनले अविजित ५९ रनको अर्धशतकीय इनिङ खेले । सुखदिप सिंहले ३७ रन जोड्दा बसिरको बलमा सोमपाल कामीबाट क्याच हुँदा इमानुएल बुन्डीले २३ रनमा रन आउट हुन पुगेका थिए ।

    कप्तान शेम एनगोचे १७ रन बटुल्ने क्रममा आदिल अन्सारीको बलमा बोल्ड हुन पुगे । यसका अलावा नेपालका सोमपाल कामी र आदील अन्सारीले २÷२ विकेट लिए । यस्तै शाहब आलमको नाममा एक विकेट रह्यो । श्रृखंला अन्तर्गत पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल १७ रनले विजयी भएको थियो ।

    विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि नेपालले अभ्यासका लागि केन्या भ्रमण गरेको हो । नयाँ प्रशिक्षक मनोज प्रभाकारको अग्नि परीक्षाको रुपमा हेरिएको श्रृंखला नेपालको पक्षमा परेपनि ब्याटिङ सुधारको अपेक्षा अझै कायमै रहेको छ ।

     

    सोमबार, भदौ २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.