• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सर्वहारा अधिनायकत्वको आवश्यकता


  •   सोमबार, भदौ २०, २०७९ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##

    Advertisement

    माक्र्सले भनेका छन्– “वर्गहरूको अस्तित्व केवल उतपादको विकासको विशिष्ट ऐतिहासिक चरणसित बाँधिएको छ ।” दोस्रो भनाइ “वर्गसङ्घर्ष निश्चित रूपले सर्वहारा वर्गको अधिनायकत्वसम्म चल्ने छ ।” तेस्रो भनाइ “सर्वहारा वर्गको अधिनायकत्वले सबै वर्गको उन्मूलन र वर्गविहीन समाजको दिशामा सङ्क्रमणतर्फ सङ्गठित गर्दछ ।”

    श्रम विभाजनबाट वर्ग सुरु भएको थियो । पहिलो श्रम विभाजन लिङ्गको आधारमा भएर महिला घरमा बसेर वरिपरि खाना खान हुने बिरुवा र नहुने विरुवा छट्याउने, केटाकेटीको रेखदेख र खेतिकिसानीका प्रारम्भिक काम गर्ने तथा पुरुषहरू सिकार गर्न टाढा जाने गर्दा अरू समूहसँग लडाइँ गरेर हार्नेहरूलाई नमारिकन कडा काम गराउन सुरु गरे । त्यो दास व्यवस्थाको सुरुआत थियो । दासता ब्यहोर्ने पहिलो मान्छे महिला थिए ।

    दोस्रो श्रमविभाजन बौद्धिक काम र शारीरिक काममा भिन्नता छुट्टाएर बौद्धिक काम गर्नेले मालिकको रूपमा विकास गरे भने शारीरिक काम गर्नेले दासता ब्यहोर्नुपर्ने भयो । खेतिकिसानी र पशुपालनमा दासताबाट बढी उत्पादन गराइएको थियो । दासता स्वीकार गराएर बढी श्रम शोषण गर्ने गर्दा उत्पादन बढी र वर्गविभाजन कडा रूपमा वर्गीकरण हुँदै गयो । पछि धर्मको आधारमा जातिप्रथा पनि श्रम विभाजन र शासनको तरिका नै थियो । वर्गविभाजन भएर दास र दासमालिक हुँदा दासको बाँच्न पाउनेसम्मको अधिकार पनि सुरक्षित थिएन र श्रममा नोक्सानी ब्यहोर्नेबाहेक दासलाई बचाउने अरू कुनै प्रावधान थिएन । यो पहिलो अधिनायकत्व थियो ।

    अधिनायकत्वको दोस्रो रूप जमिन्दार र किसान भई उत्पादन बढाउने व्यवस्था थियो । त्यतिखेर किसानलाई बाँच पाउने अधिकार सुरक्षित थियो मात्र होइन, भूदासलाई आफ्नो जग्गामा राखेर सम्पूर्ण श्रमशोषण गर्ने मामुली उपचार र श्रमको उत्पादनमा जमिन्दार पनि जिम्मेवार हुन्थ्यो । त्यसो नभए उत्पादन हुन सक्दैनथ्यो । आफ्नो ठाँटबाँट धाकरवाफको जिन्दगी किसानको उत्पादनमा टिकेको हुन्थ्यो । अधिनायकत्वको प्रयोग नगर्दा अराजकताको विकास हुन्छ । त्यसकारण अधिनायकत्व आवश्यकता पनि हो ।

    अधिनायकत्व वर्गले लागु गर्छ । नियमन गर्न राज्यसत्ताको र व्यवस्थामा सङ्क्रमण कालको आवश्यकता हुन्छ । यो दोस्रो अधिनायकत्वमा शोषण सहने क्षमताको विकास गराउन विभिन्न किसिमका धर्म र धर्मको नाममा वर्गीय अधिनायकत्व स्वीकार गराउने काम प्रशस्तै भएको थियो । उत्पादन विकासको यो चरणमा उत्पादनको मुख्य साधन जमिन थियो । जमिनको स्वामित्व आफ्नो नभएकालाई सानो टुक्रा जमिन दिएर अथवा उत्पादनमा केही हिस्सा दिएर उत्पादनमा प्रोत्साहन गराइन्थ्यो । क्रमशः नाफाले प्रोत्साहन पाउने र उत्पादनमा मुख्य गरी उद्योगधन्दाको विकास हुने भएपछि पुँजीपति वर्गको अधिनायकत्व स्थापित भएको थियो ।

    अधिनायकत्वको यो तेस्रो रूपमा उद्योगधन्दा र नाफाको आधारमा अधिनायकत्व स्थापित गरिन्थ्यो । यो अवस्थामा पहिलेका दुईओटा अधिनायकत्वको रूपभन्दा यसमा आकर्षण बढी र उत्पादन पनि बढी भएको थियो । विकास हुन नसकेका देशमा पहिलेका दुईओटै अधिनायकत्वका अवशेष पनि कायम थिए र यो तेस्रो रूपले प्रोत्साहन पाउथ्यो । पहिलेका दुईओटा अधिनायकत्वका सीमा थिए भने यो तेस्रो नाफाको आधारमा उत्पादन गर्ने गर्दा नाफाको सीमा नभई एकाधिकारी रूप आयोे ।

    उत्पादनका सङ्गठनकर्ताले अधिनायकत्वको सुरुवात र सङ्क्रमणको अवस्था पार गर्दै गर्दा शोषणमा पर्ने वर्गको विद्रोह बढ्दै गएर थाम्न नसक्ने भएको अवस्थामा रूपान्तरण भएको इतिहास छ ।

    दासव्यवस्था दासविद्रोहबाट समाप्त भएको हो । सामन्ती व्यवस्थालाई पुँजीपति वर्गको आफ्नो नेतृत्वमा विस्थापन गरेको हो । अहिले संसारभरि पुँजीपति वर्गको एकाधिकारी अधिनायकत्व छ । उन्नाइसौँ शताब्दीको मध्यदेखि सर्वहारा वर्गको अधिनायकत्वको सिद्धान्तको सुरु भएर रुस, चीन जस्ता देशमा सत्तासिन भएर सङ्क्रमण कालको अभ्यास भएको भए पनि अहिले राज्यसत्तामा सर्वहारा वर्गको अधिनायकत्वको शासन कतै छैन । विश्वका लाखाँैकरोडौँ मजदुरले सर्वहारा वर्र्गको अधिनायकत्वमा सङ्गठित भई सत्तासिन भएर वर्गविहीन समाज निर्माण गर्ने उद्देश्यका साथ काम गरिरहेका छन् ।

    अहिलेसम्म वर्गीय शोषणको सुरु भएदेखि धेरै पुस्तासम्म शासन गर्ने सम्पन्न वर्गीय शासनसत्ताले आफ्नो स्वर्ग कायम राख्न जतिसुकै प्रयत्न गरे पनि बहुमत जनसङ्ख्या शोषणको जाँतोमा लामो समयसम्म पिसिने छैनन् । एउटा निश्चित दिशा समातेर अघि बढिरहेको समाजलाई त्यसको ठिक विपरीत दिशातिर फर्काउने काम तुरुन्तै र सजिलै सम्पन्न हुने काम होइन । सचेत र सङ्गठित भई र बहुमतको शासनका लागि आन्दोलन उठाएर विजयी हुने काम अवश्य पनि सफल हुने छ । यो वर्गविहीन र शोषणविहीन समाज निर्माण गर्ने अभियान हो । सर्वहारा वर्ग आफै सबैभन्दा उत्पीडित वर्ग हो । उसको नेतृत्व र अधिनायकत्वमा राज्यसत्ता सञ्चालन गर्ने काम समाजका बहुमत जनसङ्ख्या राज्यसत्तामा सहभागी हुने काम हो । न्यायसङ्गत काम भएकाले अवश्यम्भावी छ ।

    लेनिनले भनेका छन्– “सानो स्केलको उत्पादनले लगातार हरेक दिन हरेक घण्टा स्वतःस्फूर्त रूपबाट तथा ठुलो मात्रामा पुँजीवाद र पुँजीपति वर्गलाई पैदा गरिरहन्छ । त्यसैले सर्वहारा अधिनायकत्व अपरिहार्य छ । यो भनाइबाट स्पष्ट हुन्छ कि सामूहिक अर्थतन्त्र विकास गर्न सजिलो छैन । लामो समयदेखि सुरु भएर अगाडि बढेको व्यक्तिगत अर्थतन्त्र समाजका व्यक्तिको नसा नसामा जोड्दार रूपले प्रवाह भइरहेको छ ।

    सामूहिक अर्थतन्त्रको विकास गराउने कम्युनिस्ट पार्टीले हो । कम्युनिस्ट पार्टी कार्यकर्ताबाट सञ्चालन हुने पार्टी हो । सर्वहारा जनताले कम्युनिस्ट पार्टीको सदस्यता कायम राख्न नसक्ने कारण उनीहरूले खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्यका लागि समय खर्च गर्न सक्दैनन् ।

    त्यसैले कार्यकर्ताहरू चेतनाका हिसाबले उच्च राजनीतिक चेतनासहित अत्यावश्यक कामबाट समय बचाउन सक्ने भएको हुनुपर्छ । त्यसैका लागि कम्युनिस्ट नेता–कार्यकर्ताले पसिना बगाएका हुन्छन् । साङ्गठनिक हिसाबले कम्युनिस्ट पार्टीको सदस्य भएर मात्र कम्युनिस्ट भइएको हुन्न । सबैभन्दा पहिलो आवश्यकता विश्व दृष्टिकोणमा र त्यसपछि उत्पादक श्रम गर्नमा कम्युनिस्ट भएको हुन जरुरी पर्दछ । त्यो पनि तुरुन्तै विकास भइहाल्ने समस्या होइन । लगातारको अध्ययन र जनतासँग प्रत्यक्ष सहभागी भई आफ्नो निश्चित उद्देश्यका पक्षमा बहस र प्रयोगको आवश्यकता पर्दछ ।

    समाजमा उत्पादन प्रणाली व्यक्तिगत स्वामित्वमा छ । त्यसो भनेको नाफा कमाउन एउटा उत्पादकले अर्काे उत्पादकलाई टाट पल्टाउन उत्पादन कार्य अगाडि बढाउने प्रणाली हो । यो भौतिक रूपमा सर्वहाराकरणको प्रक्रिया हो । समाजका धेरै मान्छेहरू व्यक्तिगत सम्पत्ति सकिएका हुँदै छन् । त्यतिले मात्र कम्युनिस्ट राजनीति अगाडि बढ्दैन । त्यसरी उत्पादन भएको सर्वहारा लम्पट सर्वहारा हुने सम्भावना बढी हुन्छ । तिनीहरूलाई सचेत सर्वहारा वर्गमा रूपान्तरण गर्नु आजको आवश्यकता हो । सचेत सर्वहारा बनाउन वर्गीय चेतना र उत्पादक श्रम गर्ने अभ्यासमा लैजानुपर्छ ।

    राजनीति गर्ने भनेको वर्गलाई वर्गीय चेतना भएको बनाउने हो । त्यो काम आफै पनि पूरा हुन्न† बनिबनाउ तरिकाले पनि पूरा हुन्न† राजनैतिक रूपले सचेत र सङ्गठित बुद्धिजीवीले प्रशिक्षण गरेर विश्व दृष्टिकोण बदल्ने आवश्यकता पर्दछ । बुद्धिजीवी आफै समाजको सम्मानित व्यक्ति भएकाले उच्च सुविधामा भएको हुन्छ । उसैमा सर्वहारा वर्गीय विश्व दृष्टिकोण विकास गराउने काम कम्युनिस्ट पार्टीको हो । त्यसैले कम्युनिस्ट महान् व्यक्ति हो किनभने उसले समाजमा आमूल परिवर्तन गराउने उद्देश्यसहित काम गर्छ । जनतामा राजनीतिक चेतना उच्च बनाउन भाषण सुनाउने, पत्रिका वितरण गर्ने, प्रशिक्षण सञ्चालन गर्ने र सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने चारओटा काम गर्न आवश्यक छ । ती चारओटा काम एक्लै सम्पन्न हुने काम होइनन् । त्यसका लागि सङ्गठित र अनुशासित जनशक्ति चाहिन्छ । त्यो भनेको पनि सङ्गठन चाहिन्छ भनेको हो । त्यसैले सङ्गठनको उच्च महत्त्व छ ।

    सङ्गठनमा अधिनायकत्व सञ्चालन गर्नुपर्छ । वर्तमान समाजमा पुँजीपति वर्गको अधिनाकत्व छ । त्यो भनेको पुँजीपति वर्गले भनेको हुने, अरू वर्गले भनेको नहुने गरी शासनसत्ता सञ्चालित छ । सर्वहारा वर्ग सबैभन्दा बढी उत्पीडनमा परेको वर्ग हो । उसका अगाडि कर्तव्यैकर्तव्य छन् । अधिकारजति सबै पुँजीपति वर्गले खोसेर लगेको अवस्था छ । त्यसैले उसको मुक्ति सामूहिक अर्थतन्त्र अथवा उत्पादन र वितरण प्रणाली भएको व्यवस्थाबाट मात्र सम्भव हुन्छ । ऊ पुँजीपति वर्गको सबैभन्दा विरोधी वर्ग भएको हुनाले उसको नेतृत्वबाट मात्र होइन, अधिनायकत्वबाट मात्र कम्युनिस्ट पार्टीको विस्तार र विकास सम्भव छ ।

    उत्पादन सम्बन्धका दुई बेग्लाबेग्लै पक्षहरू एक– जनताबिचका सम्बन्ध र वितरण प्रणालीमाथि पर्ने प्रभाव, द्वितीय– उपरी संरचनाबाट आर्थिक आधारमाथि पर्ने प्रभाव—दुवैलाई महत्त्व दिनुपर्छ । जनतामा परम्परागत संस्कृतिको प्रभाव हुन्छ । त्यसबाट वितरण प्रणाली सम्पन्न वर्गीय स्वार्थअनुसार शोषणमा आधारित हुन्छ । राज्यसत्ताको उपरी संरचनाले पनि त्यही सम्पन्न वर्गीय स्वार्थलाई कायम राख्न मदत गर्छ । यी दुवै कारणले जनतामा धार्मिक आस्था र शोषण सहने क्षमतामा विकास गराएका हुन्छन् । त्यसकारण अन्याय र अत्याचारको विरुद्ध सचेत भई सङ्गठित र अनुशासित शक्ति अथवा कम्युनिस्ट पार्टी नै हो । त्यसको लागि अनुशासनले मात्र पुग्दैन, त्याग र समर्पण भाव पनि चाहिन्छ ।
    सर्वहारा वर्ग पुँजीवादी वर्गमाथि विजयी हुन सक्छ वा सक्दैन भन्ने कुरा हामी हरेक क्षेत्र र क्रान्तिको पुँजीवादी वर्गमाथि चौतर्फी अधिनाकत्व लागु गर्ने कुरामा दृढ रहन्छौँ वा रहन्नौँ भन्ने कुरामाथि निर्भर रहन्छ ।

    माओत्सेतुङले भनेको छन्– “हामी सर्वहारा अधिनायकत्वको प्रश्नमा स्पष्ट हुनु अहिलेको वर्गसङ्घर्षको मुख्य कडी हो । यस प्रश्नमा स्पष्टताको अभावले संशोधनवादतिर पुर्याउँछ ।”

    सर्वहारा कुनै सम्मानित वर्ग नभएकाले उसको अधिनायकत्व हुनुपर्छ भनिएको होइन । ऊ सबैभन्दा अपहेलित वर्ग भएको हुनाले उसैको अधिनायकत्व भनिएको हो । उसका अगाडि कुनै अधिकार सुरक्षित छैनन् । सबै कर्तव्य मात्र उसका सुरक्षित जिम्मेवारी हुन् । ऊ सबैभन्दा बढी शोषित वर्ग हो । फेरि आमूल परिवर्तनबिना अथवा राज्यसत्ताको बागडोर सम्हालेपछि पनि उसका अगाडि प्रतिगमन रोक्ने कर्तव्य हाजिर हुन्छ । अरू सबैका अधिकार सुरक्षित हुन्छन् । उसका अगाडि कर्तव्यको थुप्रो रहने भएको हुनाले ऊ नै आमूल परिवर्तनको मुख्य बाहक शक्ति हो ।

    अरू वर्गको हार भएको अवस्थामा सम्पत्ति जान्छ । इज्जत, सम्मान सुविधा, हैकम हट्ने हुन्, जुन चिज सर्वहारा वर्गमा पहिल्यै हटिसकेका छन् । ऊसँग केही बाँकी नभएको हुनाले हार भए त्यही अभावको जिन्दगी जाने हो तर जित भए संसारको शासक बनने अधिकार प्राप्त हुने हो । मानवजातिमा विद्यमान अन्याय र शोषण समाप्त पार्ने अधिकार प्राप्त हुने हो । त्यसकारण ऊ निर्भिक, निडर र कर्तव्यनिष्ठ हुन्छ ।

    अधिनायकत्वको प्रयोग नगर्ने हो भने शान्तिपूर्ण तरिकाले समाजवादमा पुग्ने, सर्वहारा वर्गबिनाको पुँजीपति वर्ग हुने, परस्पर विरोधी दुवै वर्गलाई प्रजातन्त्र हुन सक्ने, अन्तिम उद्देश्य नभएको आन्दोलन उठाउने आदि काल्पनिक कुरामा विश्वास जगाउनुपर्छ, जुन हवाई कल्पना मात्र हुन्छ, व्यवहारमा लागु हुन सक्दैन । त्यसैले विरोधी वर्गमध्ये एउटाले दासता ब्यहोर्नुपर्ने र अर्काले अधिनायकत्व लागु गर्ने नतिजा अवश्य देखिन्छ ।

    सोमबार, भदौ २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.