काठमाडौं । बारामा डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । घटनामा एक प्रहरी घाइते भएका छन् ।
गएराति १२ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका २३ भुलहीमा डाँका समूहलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग मुठभेड भएको हो ।
डाँकालाई पक्राउ गर्न गएका एक प्रहरी घाइते भएका छन्। प्रहरी वरिष्ठ नायव निरीक्षक कमलबहादुर शाहीको टाउकोमा रड प्रहार गरेको बारा प्रहरीले जानकारी दिएको छ। उनलाई उपचारका लागि वीरगञ्ज हेल्थ केयरमा लगिएको छ ।
डाँकाको समूहले गोलि चलाएपछि प्रहरीले पनि राइफलबाट ३ राउण्ड गोलि चलाएको छ ।
डाँका समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट १ राउण्ड गोली लोड गरेको पेस्तोल र २ राउण्ड गोलिसहित एउटा भरूवा बन्दुक पनि प्रहरीले बरामद गरेको छ ।
प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका ९ का ३५ वर्षीय जयराम पासवान र ४० वर्षीय जवाहिर महतो पक्राउ गरेको हो ।