पोखरा । गण्डकी प्रदेश सरकारले तमु ल्होसारका अवसरमा पुस १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । गुरुङ समूदायको बाक्लो बस्ती रहेको गण्डकी प्रदेशमा तमु ल्होसार तथा पन्ध्र पुसका अवसरमार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए । गण्डकीमा अघिल्लो वर्ष पनि ल्होसारमा बिदा दिइएको थियो ।
Advertisement
यस्तै, गण्डकी प्रदेशको दक्षिणी सीमाना सुस्ता क्षेत्रमा सरकारले विशेष कार्यक्रम गर्ने भएको छ । विनयी त्रिवेणी गाउँपालिकाको वडा नम्बर ६ र ७ मा सडक, विद्यालय भवन, सिञ्चाई, खानेपानी लगाएका कार्यक्रम सञ्चालन गर्न लागिएको हो । त्यसको लागि ३ करोड विनियोजन गरिएको छ ।