बागलुङ । राष्ट्रिय जनमोर्चा काठेखोला गाउँपालिका वडा न.३, धम्जाको वडा प्रशिक्षण भेला शनिबार (भदौ १८ गते) सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सदस्य तथा काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले दिप प्रज्वलन गरी प्रशिक्षण भेला उद्घाटन गर्नु भएको थियो ।
थापाले उद्घाटन मन्तव्यको क्रममा मुलुकको राष्ट्रियता कमजोर बनिरहेको बेला राष्ट्रहित विपरितको नागरिकता विधेयक पारित गरिनु नेपाल र नेपालीमाथि गम्भीर घात भएको बताउँदै राष्ट्रियता रक्षाको आन्दोलन शसक्त बनाउनु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष ओम बहादुर पुन, राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार अर्जुन खत्री, राजमो काठेखोलाका सदस्य रिम बहादुर थापा, अखिल नेपाल शिक्षक संघका कुमार क्षेत्रीले शुभकामना दिनु भएको थियो ।

भेलाले निरज विकको अध्यक्षतामा ३३ सदस्यीय राष्ट्रिय जनमोर्चा वडा समिति धम्जा चयन गरेको छ । जसको उपाध्यक्ष हस्त बहादुर छन्त्याल सचिव याम बहादुर थापा सहसचिव रुद्र बहादुर थापा कोषाध्यक्ष नरमाया पुन चयन हुनुभएको छ । ९ सदस्यीय सचिवालय पदाधिकारीसहित सदस्यमा अजय जिसी, भद्रा भण्डारी, कुमार खत्री, राम बहादुर थापा रहनुभएको छ ।
सदस्यहरुमा डिल कुमारी केसी, डिलमाया थापा, कान्छा दर्जी, बम बहादुर किसान, बल बहादुर किसान, बासुदेव खत्री, रेशम भण्डारी, तुलसी थापा, डोलेन्द्र केसी, डिल बहादुर क्षेत्री, कुमारी बिक, बुद्धि थापा, तिलक थापा, पहलमान थापा, दिपक परियार, भिम बहादुर थापा, तुल्सीराम कडेल, बल बहादुर किसान सल्लाहकारमा अर्जुन खत्री, पुर्ण बहादुर थापा, रिम बहादुर थापा, कर्ण बहादुर खत्री र टेक बहादुर थापा रहनु भएको छ ।
कार्यक्रम राजमो वडा समितिको अध्यक्ष पूर्ण बहादुर थापाको अध्यक्षता, सचिव याम बहादुर थापाको स्वागत मन्तव्य र संचालन अरुण विकले गर्नु भएको थियो।