काठमाडौं । उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भएको छ । बेलका नगरपालिका ७ गोबाटारमा बुवा आमा र छोराको हत्या भएको हो ।
Advertisement
३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता बस्नेत र उनीहरुको छोरा १२ वर्षीय सुजन बस्नेतको हत्या भएको हो ।
गाउँकै एक युवाले खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरी खोलामा फालेको अवस्थामा प्रहरीले तीनै जनाको शव फेला पारेको थियो ।
हत्यापछि फरार रहेका ४० वर्षीय नरबहादुर बस्नेतलाई प्रहरीले खुकुरीसहित पक्राउ गरेको उदयपुरका प्रहरी प्रवक्ता डीएसपी राकेश पोदारले जानकारी दिनुभयो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।