• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

“बा” का कुरा र लेनिनको जनवादी केन्द्रीयता


  •   शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित
  • समीर सिंह ##
    अहिले नेपाली राजनीतिमा बाहरूको निकै चर्चा छ तर बा भनेपछि सबै एकै प्रकारका हुन्छन् भन्ने होइन । सामन्ती संस्कृतिको फलस्वरूप एक प्रकारका बाहरूको उदय हुन्छ । यस्ता बा भनेको “स्वामी” जस्ता हुन्छन् । यस्ता बाले भनेका सबै भक्त छोराहरूले जसरी पनि अनुशरण गर्नैपर्ने हुन्छ । बाको वचन तथा निर्देशनानुसार अन्धभक्त छोराहरू अगाडि बढ्नैपर्ने हुन्छ । सामन्ती संस्कृतिका विपरीत जनवादी स्कुलले बालाई बाको रूपमा होइन, साथीको रूपमा लिएको हुन्छ । हरेक निर्णय तथा गतिविधि बा र छोराबिचको बहसबाट नै निर्धारित हुने गर्दछ । नेपाली कम्युनिस्ट आन्दोलनमा त्यस प्रकारको सम्बन्ध अभ्यास पनि हुँदै आइरहेको छ ।

    Advertisement

    हामीले देख्ने गरेका छौँ, आजभोलि पनि थुप्रै सामन्ती प्रकृतिको परिवारमा अराजकता तथा अनुशासनविहीनता बढ्दै गइरहेको हुन्छ । परिवारभित्र विद्यमान सामन्ती संस्कृतिले नै यस प्रकारको स्थिति सिर्जना गरेको हो भन्ने प्रष्टै छ । घरको मुली भन्दै बाले आफ्नो कुरा अनुचित प्रकारले पेलिरहने, अनि आमा छिमेकीकहाँ पुगरे कुरा काट्दै हिड्ने, घरको तनावका कारण बालबालिका गलत बानीबेहोरा भउका साथीभाइसँग बहकिँदै हिड्ने—फलस्वरूप परिवारमा सही प्रकारको मूल्यमान्यता स्थापित गर्न नसक्दा नै यस प्रकारको अराजकताको स्थिति आउने गर्दछ ।

    आफ्नो लामो अनुभवको आधारमा बाले बनाएका योजनाहरू प्रभावकारी हुन सक्दछन् तर बालबालिकाले बनाएका योजनाहरू पूरै प्रभावकारी हुन सक्दैनन् भन्न सकिँदैन । जीवन र जगत्लाई हेर्ने बाको बेग्लै दृष्टिकोण हुन सक्छ । आमा र छोराछोरीको त्यही कुराको फरक फरक बुझाइ हुन सक्छ । फरक फरक सोचाइ र बुझाइअनुसार एउटा परिवारमा बृहत् छलफल गरिनुपर्दछ । यो नै आन्तरिक जनवाद हो ।

    कुनै सामन्ती परिवारमा बाले आफ्नो अवैज्ञानिक कुराको पक्षमा लिडेढिपी गरिरहने, आफ्नो श्रीमती र छोराछोरीको जायज वा न्यायपूर्ण कुरासमेत नसुन्ने, ‘म घरको ठुलो मान्छे हुँ, सबैले मैले भनेको मान्नुपर्छ” भनेर बाले आफ्नो अहमता देखाउँछन भने त्यस्तो सामन्ती परिवारमा समृद्धि आउनै सक्दैन । त्यो परिवारमा हार्दिकताको स्थिति पनि सिर्जना हुन सक्दैन । राजनैतिक भाषामा यसलाई अतिकेन्द्रीयता वा अधिनायकवाद भनिन्छ ।

    अहिलेको वैज्ञानिक युगमा बालबालिकाले धेरै ज्ञान प्राप्त गरिसकेको अवस्था छ । सूचना र प्रविधिको क्षेत्रमा अभिभावकभन्दा उनीहरू धेरै जानकार भइसकेका छन् । बालबालिका बालअधिकारप्रति र महिला महिला अधिकारप्रति सचेत भइसकेका छन् । उनीहरूको स्वाभिमान र आत्मसम्मानलाई अवमूल्यन गर्दै बाले आफ्नो अनुचित कुरा मात्र पेल्न खोजे भने कुनै पनि परिवारमा विखण्डन स्थिति नआउला भन्न सकिँदैन ।

    घरमा कुनै समस्या आउँछ, कुनै नयाँ योजना बनाउनु छ, त्यो अवस्थामा घरका सबै सदस्यबिच मैत्रीपूर्ण तरिकाले बृहत् रूपमा छलफल गरिनुपर्दछ । आफ्नो लामो अनुभवको आधारमा बाले बनाएका योजनाहरू प्रभावकारी हुन सक्दछन् तर बालबालिकाले बनाएका योजनाहरू पूरै प्रभावकारी हुन सक्दैनन् भन्न सकिँदैन । जीवन र जगत्लाई हेर्ने बाको बेग्लै दृष्टिकोण हुन सक्छ । आमा र छोराछोरीको त्यही कुराको फरक फरक बुझाइ हुन सक्छ । फरक फरक सोचाइ र बुझाइअनुसार एउटा परिवारमा बृहत् छलफल गरिनुपर्दछ । यो नै आन्तरिक जनवाद हो । स–साना कुरामा पनि बाले परिवारका अन्य सदस्यको सल्लाह र सुझाव लिँदा परिवारका अन्य सदस्यमा आफ्नो परिवारप्रति अपनत्व बढेर जान्छ ।

    परिवारका सदस्यबिचको व्यापक छलफलपछि जे निर्णय हुन्छ, त्यसलाई कार्यान्वयन गर्नु केन्द्रीयता हो । निर्णय भएका कुरालाई जस्तोसुकै परिस्थिति भए पनि कार्यान्वयन गर्न हरेक सदस्यले इमान्दारिता देखाउनैपर्दछ ।

    परिवारको आर्थिक पक्ष पनि पारदर्शी हुनु आवश्यक छ । “आफ्नै पैत्रिक सम्पति त हो नि”, “मैले कमाएको सम्पति त हो नि” भनेर कुनै बाले जथाभावी खर्च गर्न थाल्ने तथा घरका अन्य सदस्यले पत्तोसम्म नपाउने हो भने अविश्वासको स्थिति सिर्जना हुन्छ । व्यावहारिक कुरा, आर्थिक पक्ष सबैमा परिवारका सदस्यबिच खुलेर छलफल गरिनुपर्दछ । परिवारको आयव्ययको बारेमा सबै सदस्य जानकार हुनुपर्दछ । यस प्रकारको पद्धतिको विकास भयो भने परिवारका सबै सदस्यले आफ्नो जिम्मेवारी र दायित्वको अनुभूति गर्दछन् । यो अवस्थामा नै कुनै पनि परिवारले समृद्धिको यात्रामा अग्रसर हुन सक्दछ ।

    परिवारका सदस्यबिचको व्यापक छलफलपछि जे निर्णय हुन्छ, त्यसलाई कार्यान्वयन गर्नु केन्द्रीयता हो । निर्णय भएका कुरालाई जस्तोसुकै परिस्थिति भए पनि कार्यान्वयन गर्न हरेक सदस्यले इमान्दारिता देखाउनैपर्दछ । सबै परिस्थितिको मूल्याङ्कन गरेर नै कुनै कुराको निर्णय गर्ने हो । एकछिनको जोसमा ठुला ठुला कुराको निर्णय गर्ने, ठुला ठुला गफ गर्दै हिँड्ने तर त्यसको व्यवहारसँग कुनै साइनो छैन भने त्यस्ता गफको कुनै अर्थ छैन । ससाना कुराबाट आफ्नो यात्रालाई अगाडि बढाउन सकिन्छ । ती सबै कुराको मूल्याङ्कन गरेर नै निर्णणको पाटोलाई निर्धारित गरिनुपर्दछ ।

    कुनै कुराको निर्णय गर्ने तर आफूलाई चित्त नबुझेको त्यही कुरा छिमेकीसँग गर्दै हिँड्ने, सामाजिक सञ्जालमा जे पायो, त्यही लेख्ने—त्यो अराजकता हो । कुनै कुराको निर्णय गर्ने तर आफ्नो इच्छानुसार जे मन लाग्यो, त्यही गर्दै हिँड्ने अनुशासनविहीनता हो । यस प्रकारको अराजकता र अनुशासनविहीनताले कुनै पनि परिवारको समृद्धि हुनै सक्दैन ।

    परिवारका सदस्यबिच भएका कतिपय कुरा गोप्य पनि राख्नुपर्ने हुन्छ । परिवारका सदस्यबिचको विवादका कुरा गलत नियत भएका छिमेकीले थाहा पाउँदा फोहोरो राजनीति गर्न सक्छन् । परिवारका सदस्यबिच अझ विवाद बढाउने भूमिका खेल्न सक्छन् । यस्तो स्थिति आउन नदिन जति ठुलो विवाद भए पनि विवादित कुरालाई परिवारका सदस्यमा मात्र सीमित गरिनुपर्दछ ।

    केन्द्रीयता र जनवादलाई मिलाएर लैजाने कुरा नै जनवादी केन्द्रीयता हो । केन्द्रीयता मात्र हुँदा तानाशाही र जनवादमात्र हुँदा अराजकताको स्थिति हुने गर्दछ ।

    विवादित कुराको समाधान गर्ने सबैभन्दा राम्रो उपाय भनेको व्यवहार हो । व्यवहारमा जुन कुरा प्रभावकारी हुन्छ, त्यसैलाई अनुशरण गर्ने त हो नि । कतिपय अवस्थामा बाले भनेको कुरा सही हुन सक्छ । त्यस्तै, कतिपय अवस्थामा आमा र छोराछोरीले भनेका कुरा पनि प्रभावकारी हुन सक्छ । व्यवहारले जसको पक्षमा फैसला गर्छ, त्यसैलाई अनुशरण गर्ने हो । कति सजिलो छ, समाधानको उपाय ?

    परिवारको सन्दर्भमा गरिएका यी सबै व्याख्या जनवादी केन्द्रीयताको सिद्धान्तसँग सम्बन्धित छ । केन्द्रीयता र जनवादलाई मिलाएर लैजाने कुरा नै जनवादी केन्द्रीयता हो । केन्द्रीयता मात्र हुँदा तानाशाही र जनवाद मात्र हुँदा अराजकताको स्थिति हुने गर्दछ । त्यसकारण पनि जनवाद र केन्द्रीयताको फ्युजन गर्दै कम्युनिस्ट नेता, लेनिनले जनवादी केन्द्रीयताको सिद्धान्त प्रतिपादन गरेका हुन् ।

    कतिपय पक्षबाट के तर्क गर्न सकिन्छ भने जनवादी केन्द्रीयता लेनिनको सिद्धान्त हो, लेनिन त कम्युनिस्टका नेता, अनि पश्चिमी देशको मान्छे, कम्युनिस्ट नेताले भनेको कुरा हामीले किन मान्ने भनेर पनि प्रश्न गर्न सकिन्छ । हिन्दु धर्मसंस्कृति तथा सामन्ती संस्कृतिले त घरमुलीले जे भन्छन्, त्यही मान्नुपर्छ भन्ने संस्कार सिकायो । आफ्नै देश र संस्कारानुसार चल्ने हो पनि भन्ने गरिन्छ । यही परम्परागत संस्कारको छाप देशका कतिपय राजनैतिक पार्टीमा पनि परेको छ । त्यही आधारमा सामन्ती बाहरूको जन्म हुने गर्दछ ।

    वास्तवमा बहस मेरो देश वा विदेशको संस्कृतिको होइन । मूल कुरा कुन कुरा राम्रो र वैज्ञानिक छ भन्ने हो । घरमा बाले सामन्ती दृष्टिकोणबाट जे भन्छन्, त्यही कुरा सबैले मान्ने संस्कृति अपनाउनु अहिलेको सन्दर्भमा राम्रो होला त ? हिजोका दिनसम्म पतिलाई परमेश्वर मान्दै उनले कुटे पनि, जति घरेलु हिंसा गरे पनि त्यसलाई सहने संस्कृति थियो । राजाले जे गरे पनि प्रजाले उनको जय–जयकार गर्ने चलन थियो । “स्वामी” ले जे भन्नुहुन्छ, भक्तहरूले स्वाहा भन्ने चलन थियो तर अब त परिस्थिति फेरिएको छ । बालबालिका बालअधिकारको कुरा गर्न थालिसके । महिलाहरू आत्मसम्मान र स्वाभिमानको कुरा गर्न थालिसके । अब त कसैको आत्मसम्मान र अधिकार हनन् गरेर बा मात्र आनन्दित हुने परिस्थिति रहेन । एउटा व्यक्ति, एउटा जाति, एउटा समुदाय, एउटा धर्म, एउटा संस्कृतिले मात्र आफ्नो रवाफ कायम गरिरहने स्थिति रहेन ।

    लेनिनको कम्युनिस्ट पार्टीलाई अनुशासित र मिलिट्यान्ट बनाउन जनवादी केन्द्रीयताको कुरा गर्नुभयो तर यो नियम कम्युनिस्टलाई मात्र चाहिने कुरा होइन । परिवार, समाज र देशका लागि नै अपरिहार्य विषय बन्न गयो ।

    अहिलेसम्म अधिकार नपाएकोहरूले क्षतिपूर्तिसहित आफ्नो अधिकार माग्ने अवस्था सिर्जना भइसक्यो । समानता र न्यायको कुराप्रति हरेक व्यक्ति सचेत भइसकेको अवस्था सिर्जना भयो । यो अवस्थामा परिवारको समृद्धि र हार्दिकता कायम गर्न रुसका नेता लेनिनले बनाएको सिद्धान्तलाई अनुशरण नगरी विकल्पै छैन । परिवारको समृद्धि र बलियो एकताका लागि जनवादी केन्द्रीयतालाई स्वीकार नगरी कुनै उपाय नै छैन ।

    लेनिनको कम्युनिस्ट पार्टीलाई अनुशासित र मिलिट्यान्ट बनाउन जनवादी केन्द्रीयताको कुरा गर्नुभयो तर यो नियम कम्युनिस्टलाई मात्र चाहिने कुरा होइन । परिवार, समाज र देशका लागि नै अपरिहार्य विषय बन्न गयो । सबै परिवारमा कम्युनिस्ट पार्टीप्रति आस्था नहुन सक्छ तर कुरा राम्रो छ भने कम्युनिस्टका नेताले बनाएका कतिपय राम्रा कुरा सबैले अनुशरण गर्दा केही फरक पर्दैन । काङ्ग्रेसका पनि कतिपय राम्रा सिद्धान्त हुन सक्छन् । विभिन्न धर्ममा पनि कतिपय राम्रा कुरा हुन्छन् । त्यसलाई कम्युनिस्टले अनुशरण गर्दा पनि केही फरक पर्दैन । जुन सिद्धान्त र मूल्यमान्यताले सबैको भलो गर्छ, त्यसलाई सबैले अनुशरण गर्ने हो । यो कुरा कुनै पनि परिवारको सन्दर्भमा मात्र होइन, समाज, विभिन्न सामाजिक सङ्घसंस्था, राजनैतिक पार्टी र सिङ्गो देशका लागि पनि त्यति नै आवश्यक विषय हो । नियम र पद्धति निर्माणका लागि पनि यो सिद्धान्त नै अपरिहार्य विषय हो ।

    शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.