खिमराज चालिसे, चन्डिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानीले शिव बहादुर पाण्डेको निधनप्रति दुःख व्यक्त गरेको छ ।
Advertisement
मृतक शिव बहादुर मूल प्रवाह नगर समिति भिवानीका वरिष्ठ सदस्य चोप बहादुर पाण्डेका भाइ हुन् ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न ६ निवासी शिव बहादुरको ४५ वर्षको उमेरमा स्वदेशमा नै निधन भएको हो।
शिवको ब्रेन हेमरेज भै निधन भएको पारिवारले जानकारी दिएको छ । उहाँका ४ छोरी र श्रीमती हुनुहुन्छ ।
पाण्डेको निधनप्रति मूल प्रवाह नगर समिति भिवानीले भावपूर्ण श्रद्धाञ्जली अर्पित गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो शोक समवेदना प्रकट गरेको छ ।