भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मेड्चल एरिया समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
मध्य दक्षिण क्षेत्रीय समिततिद्वारा सञ्चालित उत्तर हैदरावाद नगर समिति अन्तर्गत पर्ने मेड्चल एरिया समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
समाजका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले संगठन किन आबस्यक छ? हामी देश छाडेर आउनु परेको कारण के हो ? देशको वर्तमान समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो।
त्यसै क्रममा मूल प्रवाहको सदस्यता पनि बितरण गरिएको थियो। साथै आसन्न सम्पन्न हुन लागिरहेको तीजी कार्यक्रमको बिषयमा पनि छल्फल चलाउनुका साथै शुभकामना आदानप्रदान पनि गरिएको थियो।

