कपिलवस्तु । अखिल नेपाल महिला संघ, कपिलवस्तुले प्रगतिशील रुपमा तीज पर्व मनाएको छ । महिलाहरुले तीज गीत र नृत्यमार्फत संघीयता,एमसीसी, भ्रष्टाचारको विरोध गरे ।
Advertisement
अखिल नेपाल महिला संघ शिवराज नगर समितिको आयोजनामा खरेन्द्रपुरस्थित देउरालीपार्कमा शनिबार (भदौ ११ गते) तीज कार्यक्रम सम्पन्न भएको हो ।
संघकी जिल्ला सहसचिव विनिता अदैको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरे, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केर सिंह अदै, राष्ट्रिय जनमोर्चाका जिल्ला कोषाध्यक्ष चेत नारायण खनाल, रक्तिम सांस्कृतिक अभियानका बेगम बुढा मगर ले शुभ कामना दिनु भएको थियो ।
तीज गीत मार्फत महिला हरुले, संघीयता र एमसीसीको खारेजी लगायत राष्ट्रवादी सन्देश दिने खालका गीत तथा नित्य प्रस्तुत गरेका थिए ।

