मेघराज रिष्मेली, जापान ।
जापान नेपाली एकता समाज क्षेत्रीय समिति टोकियोले नेपाली महिलाहरुको महान पर्व तीजका अवसरमा शुभकामना आदान प्रदान गरेको छ । टोकियोस्थित एभरेष्ट डाइनिङ हल गिन्जामा शुक्रवार (२६ तारिख) का दिन एकता समाजले तीजको शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा महिला दिदीबहिनीहरूले मौलिक संस्कृति झल्किने तीज गीत र नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा एकता समाजका केन्द्रीय अध्यक्ष शालिकराम सापकोटा प्रमुख अतिथी हुनुहुन्थ्यो भने उपाध्यक्ष डण्ड केसीको विशिष्ट आथित्यता रहेको थियो ।
कार्यक्रम जापान नेपाली एकता समाज क्षेत्रीय समिती टोकियोका अध्यक्ष नारायण कॅंडेलको अध्यक्षता, महिला नेतृ सुजु सापकोटाको स्वागत र एकता समाजका केन्द्रीय सचिव धनराज गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।
टोकियोस्थित एभरेष्ट डाइनिङ हल गिन्जामा भरिभराउ जनसमुदायलाई एकता समाज, टोकियोले धन्यवाद ज्ञापन गरेको छ ।

