काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल झरेको छ । आज बिहीबार बिहान पौने ९ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ०.९ डिग्री मापन गरिएको छ ।
Advertisement
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरमै सबैभन्दा कम तापक्रम जुम्लाको छ। महाशाखाको मापन विवरणअनुसार आज त्यहाँको न्यूनतम तापक्रम माइनस ७.० छ । त्यसपछि सबभन्दा कम तापक्रम काठमाडौंकै देखिएको छ।
यसपछि डडेल्धुराको १.७, वीरेन्द्रनगरको २.०, ओखलढुंगा र दिपायलको समान ३.५ डिग्री सेल्सियस छ।
यस्तै यसपछि क्रमशः ताप्लेजुङको न्यूनतम तापक्रम ४.४, धनकुटाको ५.९, पोखराको ६.०, विराटनगर ७.८, नेपालगन्ज ८.५, धनगढीको ८.२, सिमराको १० डिग्री, भैरहवाको १०.६ डिग्री सेल्सियस छ ।