• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

महिला फुटबलको उपाधि एपीएफलाई, सेनाकी दिपा उत्कृष्ट खेलाडी


  •   बुधबार, पुष ०९, २०७६ मा प्रकाशित
  • काठमाडौं । सातौं प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २–० गोलले हराउँदै एपीएफले उपाधि चुमेको हो । नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयको खेल मैदानमा आज भएको फाइनल खेलमा एपीएफका लागि सरु लिम्बू र रेखा पौडेलले एक–एक गोल गरेकी थिइन् । खेलको छैटौँ मिनेटमा सरुले तथा ८९औँ मिनेटमा रेखाले गोल गरेकी थिइन् । खेल अवधिभर एपीएफले बल आफ्नो नियन्त्रणमा लिएको थियो ।

    Advertisement

    उपाधिसँगै एपीएफले रु तीन लाख तथा ट्रफी प्राप्त ग-यो । सो पुरस्कार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले वितरण गरेका थिए । एपीएफले नेपाल पुलिस क्लबलाई ५–२ गोलले तथा आर्मीले भुटानको फुटबल टोलीलाई २–० गोलले हराउँदै फाइनल प्रवेश गरेको थियो ।

    यस्तै उपविजेता बनेको त्रिभुवन आर्मी क्लबले रु एक लाख ५० हजार प्राप्त ग¥यो । सो पुरस्कार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले वितरण गरेका थिए । प्रतियोगितामा तृतीय भएका नेपाल पुलिस क्लब र भुटानका फुटबल टोलीलाई सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले प्रतिटोली रु ५० हजार वितरण गरे ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खलाडीको पुरस्कार आर्मीकी दीपा राईले जितिन् । उनले यमाहा कम्पनीको एक थान स्कुटर प्राप्त गरिन् । राईलाई प्रधानसेनापति थापाले स्कुटरको साँचो हस्तान्तरण गरे । सो पुरस्कार एन्फाको समन्वयमा यमाहाले उपलब्ध गराएको हो ।

    यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर एपीएफकी एन्जिला सुब्बा, उत्कृष्ट डिफेन्डर आर्मीकी पूजा रानामगर, उत्कृष्ट मिडफिल्डर भुटानकी पेमा छोदेन छिरिङ, उत्कृष्ट फरवार्ड एपीएफकी सावित्रा भण्डारी र उत्कृष्ट प्रशिक्षक एपीएफकै जनक सिंह भए । उनीहरुले जनही रु १० हजार पुरस्कार पाए ।

    उनीहरुलाई नेपाली सेनाका बलाधिकृत रथी शरदकुमार गिरी, युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलिया र अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले पुरस्कार तथा ट्रफी वितरण गरे । सो अवसरमा सैनिक श्रीमती संघकी अध्यक्ष दीपा थापाद्वारा घोषित उदीयमान खेलाडीको पुरस्कार आर्मीकी विमला विकले प्राप्त गरिन् । सो पुरस्कार संघकी उपाध्यक्ष रीता गिरीले वितरण गरे ।

    गत मंसिर २९ गतेदेखि उक्त प्रतियोगिता शुरु भएको हो । एन्फासँगको सहकार्यमा शुरु भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोली सहभागी भएका थिए । लिगकम नकआउटका आधारमा खेलाइएको प्रतियोगिता सेनाले २०७० सालदेखि आयोजना गर्दै आएको छ ।

    बुधबार, पुष ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.