सुर्खेत । अखिल नेपाल रास्टिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले सुर्खेत जिल्लाको लेकबेसी–१ मा संगठन विस्तार गरेको छ ।
Advertisement
सो वडामा रहेका विद्यार्थीहरुको भेलाले प्रदीप प्रोखेलको अध्यक्षतामा ११ सदस्यीय वडा समिती चयन गरेको हो ।
जसको उपाध्यक्षमा मिना बोटे, सचिवमा हेलेन परियार, कोषाध्यक्षमा सृष्टि प्रोखेल, सहसचिवमा झरना बोटे र सदस्यहरुमा क्रमशः गिता पोख्रेल, सुशील परियार रहनुभएको छ ।
भेलामा अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष प्रेम ठाडा र राष्ट्रिय जनमोर्चाका वडाअध्यक्ष छवि पोख्रेलले शुभकामना दिनुभएको थियो ।
भेलापछिको बैठकले विभिन्न जिम्मेवारी पनि बाँडफाँट गरेको छ ।