खिमराज चालिसे, चंडिगढ ।
मूलप्रवाह महिला विभाग जालन्धरको आयोजनामा आइतबार प्रगतिशिल तीजी कार्यक्रम सम्पन्न भएको छ ।
मूलप्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालले कार्यक्रमको उदघाटन गर्दै पुरुष प्रधान समाज र यो संरचनाको आमुल परिवर्तन बिना महिलाहरुको हंक अधिकारको बास्तविक संरक्षण हुन नसके बताउनु भयो ।
उहाँले मूलप्रवाहले परम्परागत पर्वलाइ प्रगतिशिल रुपान्तरण गर्ने कोसिस गरिरहेको पनि उल्लेख गर्नुभएको थियो।

कार्यक्रममा केन्द्रीय सदस्य कुल बहादुर बगाले, केन्द्रीय वैकल्पिक सदस्य धन बहादुर गोर्खाली, मूल प्रवाह केन्द्रीय सल्लाहकार प्रेम आचार्य र जितमान थापा, परिषद सदस्य लक्ष्मण खड्का र शुष्मा खड्का, महिला क्षेत्रीय सदस्य मीना बगाले, नगर सचिव तिलबहादुर थापा, महिला सदस्य कोपीला गोर्खालीको आतिथ्यता रहेको थियो।
कार्यक्रम जमुना गाहाको सञ्चालन, संयोजक शुष्मा खड्काको अध्यक्षता तथा जुना बिकले स्वागत गर्नु भएको थियो ।