सुर्खेत । अखिल (छैठौं) ले कर्णाली प्रदेशको सुर्खेतस्थित लेकबेसी नगरपालिका–२ ठाडामा संगठन निर्माण गरेको छ ।
अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीको उपस्थितीमा सम्पन्न विद्यार्थीहरुको एक भेलाले वडा समिति गठन गरेको हो ।
विवस परियारको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा विनिता ठाडा, सचिवमा तबिता ठाडा, कोषाध्यक्षमा खिमा सिन्जाली र सदस्यहरुमा प्रकाश ज्ञामी, सिर्जना गाहा, कोपिला ठाडा, प्रमिला ठाडा, दिपिका ठाडा , मनिसा तारम, फुलमाया खाम्चा, निलम ज्ञामी, नगेन्द्र थापा, गगन ठाडा, प्रबिन घर्ती, विशाल ठाडा, प्रेनिला ज्ञामी, एलिसा परियार र सिर्जना बुढा रहनुभएको छ ।
भेलामा केन्द्रीय उपाध्यक्ष अधिकारीले शैक्षिक एवम् राजनीतिक प्रशिक्षण दिनुका साथै भेला सफलताको शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता मोहन थापा, अखिल नेपाल किसान संघ जिल्ला अध्यक्ष प्रेमबहादुर ठाडा, अखिल नेपाल शिक्षक संघ जिल्ला कोषाध्यक्ष भक्त बहादुर ज्ञामी, लेकबेशी नगरपालिका–२ समिति अध्यक्ष कर्ण बहादुर ठाडा, अनेमसंघ प्रदेश समिति सदस्य पार्वती ठाडाले पनि शुभकामना दिनुभएको थियो ।