बेल रजाली मगर (भारत)
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवाडी नगर अध्यक्ष तथा केन्द्रीय परिषद सदस्य काजीराम श्रेष्ठलाई पितृशोक परेको छ ।
Advertisement
काजीराम श्रेष्ठका बुवा पदमकुमार श्रेष्ठको भाद्र ३ गते निधन भएको हो । तँनहु जिल्ला भानु–३ चाम्बासका पदमकुमार श्रेष्ठको ७७ मा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उहाँको दुखद निधनप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवाडी नगर समितिले श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।