काठमाडौं । आज (आइतबार) बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । बैठक भोलि (भदौ ६ गते) लाई सारिएको छ।
Advertisement
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार आज ‘कारणवश’ स्थगन गरिएको बैठक भोलि दिउँसो १ बजेका लागि तोकिएको छ ।
नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएपछि कांग्रेसले बैठक स्थगितका लागि सभामुखलाई आग्रह गरेको हो ।
भोलि बस्ने बैठकमा कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको शोक प्रस्ताव पारित हुनेछ।