• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अखिल नेपाल प्रगतिशील लेखक संघ (अन्पा) को राष्ट्रिय भेला सम्पन्न


  •   शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) को राष्ट्रिय भेला सम्पन्न भएको छ ।

    Advertisement

    केन्द्रीय समितिमा थपघट तथा घोषणापत्र र विधान पारित गर्दै २०७९ भदौ ४ गते भर्चुअल माध्यमबाट उक्त भेला सम्पन्न भएको हो ।

    नेकपा (मसाल) का प्रवक्ता तथा प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीको प्रमुख आतिथ्य तथा उद्घाटनका साथै सम्पन्न उक्त कार्यक्रमको प्रारम्भमा घोषणापत्र र विधानको मस्यौदामाथि छलफल चलेको थियो । घोषणापत्रको मस्यौदा अध्यक्ष समीर सिंहले र मस्यौदा विधान महासचिव प्रकाश थापामगरले प्रस्तुत गर्नुभएपछि प्राप्त सुझाव समेट्दै दुवै दस्तावेज पारित भएको थियो ।

    त्यसपछि भेलामा केन्द्रीय समितिको थपघटसहितको प्यानल प्रमुख अतिथि रामप्रकाश पुरीले प्रस्तुत गर्नुभएको थियो । भेलाद्वारा पारित केन्द्रीय समितिमा अध्यक्ष समीर सिंह, उपाध्यक्ष रामदेव पाण्डे, महासचिव प्रकाश थापामगर, सचिव प्रदीप प्रधान र कोषाध्यक्ष बाबुराम आचार्य रहनुभएको छ ।

    त्यस्तै, सचिवालय सदस्यमा गिरीप्रसाद बुढा र कमल कार्की तथा पूर्ण सदस्यहरूमा दिनेश थापा, राम गैरै पाल्पाली, तारामणि न्यौपाने, वैरागी जेठा, ऋतु केसी, कल्पना पौडेल जिज्ञासु, जीवनारायण पौडेल, ताराप्रसाद शर्मा, खगेन्द्रा विष्ट, गुरु कुमाल बुलबुल, भीष्म शाही, मेर्जन शाही, धनप्रसाद पुन, प्रेम गायक र मनिराम खनाल रहनुभएको छ ।

    भेलाले सल्लाहकारमा रामप्रकाश पुरी, मनोज भट्ट, राजेश विश्वकर्मा र रेम रानालाई चयन गरेको छ ।

    लेखनमा ठुलो शक्ति : पुरी
    भेलामा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै नेकपा (मसाल) का प्रवक्ता तथा रामप्रकाश पुरीले प्रगतिशील लेखनमा ठुलो शक्ति भएको बताउनुभयो ।

    ‘जब युरोप अन्धकार अवस्थामा थियो’ उहाँले अगाडि भन्नुभयो– ‘दातेको साहित्यले ठुलो शक्ति सिर्जना गर्यो । यसबाट पुष्टि हुन्छ, प्रगतिशील लेखनमा ठुलो शक्ति हुन्छ ।’

    उहाँले प्रगतिशील लेखकहरूले बौद्धिक विलास गर्न नहुने बताउनुभयो । ‘हामीले समाज परिवर्तनलाई केन्द्रमा राखेर लेखन प्रक्रिया अगाडि बढाउनुपर्दछ’ उहाँले भन्नुभयो ।

    देशमा प्रतिगमनको खतरा अझै पनि यथावत रहेको बताउँदै उहाँले अहिले राष्ट्रियतामाथि पनि खतरा रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘नेपालमा प्रगतिशील लेखकहरूले गणतन्त्र र राष्ट्रियताको विषयलाई प्राथमिकताका साथ लेखनीमा उतार्नुपर्दछ ।’

    त्यस्तै, सम्बोधनको क्रममा उहाँले प्रगतिशीलले विचारका साथै शिल्पकलातर्फ ध्यान दिनुपर्ने बताउनुभयो । ‘प्रगतिशीलहरूले नारा होइन, शिल्पकलाका साथ लेखनी अगाडि बढाउनुपर्दछ ।’

    भेलालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव त्रिभुवन भट्टराई र अखिल नेपाल महिला सङ्घकी केन्द्रीय कोषाध्यक्ष ऋतु केसीले शुभकामना दिनुभएको थियो ।

    अन्पाका अध्यक्ष समीर सिंहको अध्यक्षता तथा महासचिव प्रकाश थापामगरको सञ्चालनमा अघि बढेको भेलामा उपस्थित सहभागीलाई खिमराज चालिसेले स्वागत गर्नुभएको थियो ।

    शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.