सुमन आर्चाय,चितव ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियन (छैठौं) रत्ननगर नगरपालिकाको अध्यक्षमा जीवन शर्मा चयन हुनुभएको छ । मंगलबार सम्पन्न प्रथम नगर भेलाले शर्माको अध्यक्षतामा ११ सदस्यीय नगर समिती गठन गरेको हो ।
जसको उपाध्यक्ष,सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश निरु पौडेल, वन्दना शर्मा, प्रेम शर्मा र कृष्ण वाग्ले रहनुभएको छ । सदस्यहरुमा आकृती शर्मा, बसन्त ढकाल , विशाल पौडेल, विद्या शर्मा, पार्वती शर्मा, निशा शर्मा निर्वाचित हुनुभएको छ ।
युनियनका केन्द्रीय कोषाध्यक्ष निश्चल क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको सञ्चालन युनियनका जिल्ला अध्यक्ष कमल आचार्यले गर्नुभएको थियो भने अध्यक्षता प्रेम शर्माले गर्नुभएको थियो ।
नेकपा (मसाल) चितवनका प्रवक्ता मेघराज ढकाल र राष्ट्रिय जनमोर्चा रत्ननगर समितिका सचिव नरहरी पुरीले भेला सफल्ताको शुभकामना दिनुभएको थियो । भेलामा युनियनका जिल्ला उपाध्यक्ष सन्तोष ढकाल र जिल्ला सचिव तारा पौडेलको समेत उपस्थिति रहेको थियो ।