खिमराज चालिसे, चंडिगढ ।
‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ’ भारत स्थित प्रवासी नेपालीहरुको मताधिकार तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौँ’ भन्ने मूल नाराको साथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभागले प्रगतिशील तीजी कार्यक्रम सम्पन्न गरेको छ ।
मूल प्रवाहका वैकल्पिक केन्द्रीय सदस्य तारा सोमरेले मैनबत्ती बालेर उद्ंघाटन गर्नुभयो ।
त्यसक्रममा उहाँले सम्वोधन गर्दै तीजलाई प्रगतिशील रुपान्तरण गर्दै वर्गीय आन्दोलनसँग जोड्नुपर्ने धारणा राख्नु भएको थियो ।

शुभकामना दिने अन्य वक्ताहरुमा केन्द्रीय परिषद सदस्य केहर सिंह घर्ती मगर, मूल प्रवाह क्षेत्रीय सदस्य नन्द बहादुर लम्तरी, महिला क्षेत्रीय सदस्य सेती राना र नगर अध्यक्ष बाबुराम पोख्रेल लगाएत हुनुहुन्थ्यो ।
कार्यक्रम कमला बगालेको सञ्चालन तथा सीता पोख्रेल को अध्यक्षतामा सम्पन्न भएको थियो । महिला विभागको तर्फबाट स्वागत गीतले स्वागत गरिएको थियो ।
