दैलेख । राष्ट्रिय जनमोर्चा, दैलेखले जिल्ला समितिका कोषाध्यक्ष जनक मल्ललाई जिम्मेवारीबाट हटाएको छ ।
Advertisement
जिल्ला उपाध्यक्ष लोकपाल थापाले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी कोषाध्यक्ष मल्ल बैठकमा उपस्थित नहुने, जिम्मेवारी पुरा नगर्ने र पार्टीको अनुशासन पालना नगरेका कारण पदीय जिम्मेवारीसहित साधारण सदस्यसमेतबाट हटाइएको स्पष्ट पार्नुभएको छ ।
राजमोले मल्लको पार्टीसँग कुनै सम्बन्ध नरहेको भन्दै भ्रममा नपर्नसमेत आग्रह गर्नुभएको छ ।