• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

चुनावको उपयोग र संसदमा राजमोको उपस्थिति


  •   मङ्गलबार, साउन ३१, २०७९ मा प्रकाशित
  • खिमबहादुर विक

    Advertisement

    राष्ट्रिय जनमोर्चा नेकपा (मसाल)को वैधानिक मोर्चा भएकाले प्रष्ट नै छ उसले मसालको तत्कालीन र दीर्घकालीन योजना अनुरुप नै आफ्ना नीति तथा कार्यक्रम तय गर्दछ ।

    कतिपय पार्टी, व्यक्ति वा समूहहरुले राजमोको दीर्घकालिन नीतिलाई बुझ्न सक्दैनन् वा बुझेर पनि तोडमरोड गरेर गलत प्रचार गर्दछन् । गलत प्रचार गरेपनि हाम्रो नीति वर्गसंघर्ष नै हो । नयाँ जनवादी क्रान्ती हुँदै समाजवाद र साम्यवादको लक्ष्य लिएको पार्टीले निर्वाचनलाई प्रयोग गर्नु तत्कालीन कार्यनीति मात्रै हो । तर, दीर्घकालिन रणनीति र तत्कालिन कार्यनीतिबीचको अन्तर छुट्याउन नसक्नेहरुले हाम्रो पार्टीको विरोध गर्ने गरेका छन् ।

    अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था, दक्षिण एसिया विशेष गरेर सार्क देशका कम्युनिष्टहरुको अवस्था हेर्दा अहिले कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । अझ हाम्रो देशका नामधारी कम्युनिष्ट पार्टीहरुले राष्ट्रियता, जनजीविकाको सवालमा लिएका ढुलमुल र अवसरवादी चरित्रका कारण क्मयुनिष्ट आन्दोलन धेरै नै कमजोर अवस्थामा छ । त्यसमाथि हाम्रो पार्टीको सांगठनिक स्थिती र देशको अवस्थासमेत अनुकूल नहुँदा आन्तरिक तयारीको रुपमा सडकसहित सदनको उपयोग गरी जनतालाई जागरुक बनाउनुका साथै देश र जनताविरोधी तत्वहरुलाई खबरदारी गर्न जरुरी छ ।

    राष्ट्रिय जनमोर्चाको संसदीय इतिहासमा कहीँ कतै राष्ट्रियता र जनजीविकाको सवालमा चुकेको छैन । आफ्नो सामथ्र्यमा भ्याएसम्म राष्ट्रियता र लोकतन्त्रको रक्षा एवम् जनताका जनजीविकासँग सरोकार राख्ने विषयमा सडक र संसदबाट आन्दोलन गरेको छ । साम्राज्यवादी राष्ट्रहरुले नेपालको राष्ट्रियता र अखण्डताविरुद्ध गरेका हरेक क्रियाकलापविरुद्ध राजमोले सम्झौताहीन संघर्ष गरेको छ । यतिबेला राष्ट्रिय जनमोर्चा २०६२÷६३ को महान आन्दोलनबाट प्राप्त उपलब्धि गणतन्त्र र धर्मनिरक्षेपताको रक्षाका लागि उभिएको छ भने नेपाली जनताको चाहना र आवश्यकता विपरित विदेशीले जबर्जस्ती बोकाइदिएको संघीयता खारेजीका लागि दृढतापूर्वक प्रस्तुत भएको छ ।

    नेपाली सार्वभौकिताविरुद्धका एमसीसी, एसपीपी र नागरिकता विधेकविरुद्ध कुनै दल आज दृढतापूर्वक उभिएको छ भने त्यो राष्ट्रिय जनमोर्चा हो । राजमोले आफ्नो सांगठनिक शक्तिअनुसार देश र जनको पक्षमा संघर्ष गर्नुका साथै जनतालाई सचेत गराउने कार्य गरिरहेको छ । यतिबेला राष्ट्रिय आवश्यकताले गठबन्धनमा हुँदाहुँदै पनि सरकार र गठबन्धनमा सामेल शक्तिहरुको गलत निर्णयको जोडदार विरोध गरिरहेको छ ।

    आज कतिपय राजनैतिक पार्टी र व्यक्तिहरुले हाम्रो पार्टीलाई किन कांग्रेससँग तालमेल गरेको भन्ने प्रश्न गर्ने गरेका छन् । वामगठबन्धन गर्नुपर्नेमा कांग्रेससँग गठबन्धन गनरेको भनेर आलोचना गर्ने गरिएको छ । तर वास्स्तविकता अलि फरक छ । राजमोले केपी ओली नेतृत्वको तत्कालिन नेकपाको सरकारलाई समर्थन मात्र होइन सहयोग पनि गरेको थियो ।

    विगतमा भएको नेपालमाथि भारतीय नाकबन्दी होस् वा कालापानीलगायतका क्षेत्र समेटेर चुच्चे नक्सा तयार पार्ने सवाल होस् राजमोले केपी ओलीलाई साथ दिएकै हो । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई हाम्रो पार्टीले स्वागत गरेको थियो भने यो पार्टी विभाजन भएमा देशको राजनीतिमा नकारात्मक असर पर्न सक्ने भएकोले विभाजन हुनहुन्न भनेर सचेत गराएको थियो । तर ओलीका कारण नेकपा विभाजन मात्रै भएन, केन्द्रसहित विभिन्न प्रदेशमा नेतृत्व गुमायो । त्यसको परिणाम देशले भोगिरहेको छ ।

    नेपाली सार्वभौकिताविरुद्धका एमसीसी, एसपीपी र नागरिकता विधेकविरुद्ध कुनै दल आज दृढतापूर्वक उभिएको छ भने त्यो राष्ट्रिय जनमोर्चा हो । राजमोले आफ्नो सांगठनिक शक्तिअनुसार देश र जनको पक्षमा संघर्ष गर्नुका साथै जनतालाई सचेत गराउने कार्य गरिरहेको छ । यतिबेला राष्ट्रिय आवश्यकताले गठबन्धनमा हुँदाहुँदै पनि सरकार र गठबन्धनमा सामेल शक्तिहरुको गलत निर्णयको जोडदार विरोध गरिरहेको छ ।

    देशको कार्यकारी प्रमुख भएको अवस्थामा ओलीले आफ्नो सत्ता जोगाउन देशको संविधानलाई कुल्चँदै दुई दुई पटक संसद विघटन गरे, भारतीय खुफिया प्रमुखसँग शंकास्पद भेटवार्ता गरे, गणतन्त्र र धर्मनिरपेक्षताविरुद्ध रहेका शक्तिहरु भारत र राजवादीहरुसँग अनावश्यक साँठगाँठ गरे र अहिले पनि गरिरहेका छन् । त्यसकारण ओलीलाई अहिलेको अवस्थामा साथ दिनु भनेको देशलाई फेरि पनि प्रतिगमनतिर धकेल्नु हुनेछ । त्यसकारण राजमोले प्रतिगमनविरोधी शक्तिहरुसँग गठबन्धन गरेर देशको लोकतन्त्र र गणतन्त्र जोगाउन यणेगदान दिइरहेको छ ।

    तर, यसो भनिरहँदा राजमोले कांग्रेस, माओवादी जस्ता शक्तिहरुलाई अन्ध समर्थन गरेको छैन, उनीहरुले देश र जनताको हितमा काम गर्छन् भन्ने विश्वास पनि छैन । त्यसकारण प्रतिगमनतर्फ देशलाई जान नदिन उनीहरुसँग एकातर्फ सहकार्य गरिरहेको छ भने अर्कोतर्फ गलत नीति र कार्यक्रमको भण्डाफोर र विरोध गरिरहेको छ ।

    एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीले देशको आवश्यकताा अनुसार चुनाव उपयोग वा बहिष्कार गर्छ । इतिहासमा हाम्रो पार्टीले आवश्यकताका आधारमा चुनाव बहिष्कार पनि गरेको छ र उपयोग पनि गरेको छ । वास्तवमा आज राजमोको संसदमा उपस्तिथिले राष्ट्रियता र जनजीविको सवालमा आवाज उठाउने मात्र होइन, संसारभर चल्ने साम्राज्यवादीहरुका दमनको संसदबाटै विरोध गर्नेछ । गरिब, निमुखा, किसान, मजदुर दलित, प्रवासी नेपाली, विद्यार्थी सबैको बारेमा सरकारलाई खबरदारी गर्नेछ । सत्तामा सरिक पार्टीहरुका ढुलमुल, अवसरवादी र जनविरोधी कार्यको विरोधको साथै राष्ट्रियताको सवाललाई दह्रो ढंगले उठाउने छ ।

    आज देशलाई संघीयताले थला पारेको छ । विदेसी ऋणमा संघीयता टिकाउनु परेको छ, त्यसका विरुद्ध राजमोले मात्रै सशक्त विरोध गरिरहेको छ । स्थानीय तहलाई थप अधिकार सम्पन्न गरि अनावश्यक प्रदेस सभा खारेजीको आवाज उठाइरहेको छ । एमसीसी, नागरिकता विधेयक जस्ता राष्ट्रघाती प्रावधानको विरोध र आन्दोलन गरिरहेको छ । भ्रष्टाचार, महंगीको विरोध गरेको छ । जनताका जनजीविकाका सवाललाई सशक्त ढंगले उठाइरहेको छ ।

    राष्ट्रिय जनमोर्चाको संसदमा उपस्थितीले देशको राष्ट्रियता, लोकतन्त्र तथा जनजीविकाको सवाललाई लिएर संघर्ष गर्न थप मद्दत गर्ने छ । त्यसकारण चुनावको उपयोग र संसदमा राजमोको उपस्थितीको महत्व छ । यद्यपी चुनाव नै सबैथोक हो र संसदले जनताका आधारभूत समस्या समाधान गर्नसक्छ भन्ने भ्रममा कहिल्यै पर्नुहुँदैन । अहिलेको संसदको उपयोग र शान्तिपूर्ण संघर्षले भोलिको जनवादी आन्दोलनको आधार तयार पार्न सक्नुपर्छ ।

     

    मङ्गलबार, साउन ३१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.