खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिद्वारा सञ्चालित एरिया ‘सी’ र एरिया ‘डी’ को पुनर्गठन भेला गरिएको छ ।
भेलामा मूल प्रवाहको संगठनात्मक पद्धतिबारे प्रमुख अतिथी मूल प्रवाहका केन्द्रीय सचिव तथा सुदूरपश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले विस्तृत रुपमा प्रकाश पार्नु भएको थियो ।
शुभकामना दिने अन्य वक्ताहरुमा मूल प्रवाह केन्द्रीय परिषद सदस्य छविलाल सापकोटा, क्षेत्रीय सदस्य शिवलाल लामिछाने, बिल बहादुर गुरुङ, खगि थापा, सुदूरपश्चिमोत्तर महिला संयोजक सिता सापकोटा, नगर समितिका लाल बहादुर थापा, ओमप्रकाश सापकोटा, लगाएत हुनुहुन्थ्यो ।

भेलाले एरिया समिति ‘डी’ तर्फ अध्यक्ष तुलसी थापा, सचिव ज्योति परियार, कोषाध्यक्ष कमला पेमी र सदस्यहरुमा पन्चशुभा गुरुङ, सारदा गुरुङ, गंगा गुरुङ, धनीकला थापा, पुष्पा थापा, सीता गुरुङ, भावना गुरुङ, देविकला विक, माया गिरी, माया थापा, पनिकला सुवेदी रहनु भएको छ।
यसैगरी एरिया समिति ‘सी’ तर्फ अध्यक्ष राधिका सापकोटा, सचिव बबिता गुरुङ, कोषाध्यक्ष टिका सापकोटा र सदस्यहरुमा पबिकला सारु, सीता गुरुङ, चन्द्रकला सापकोटा, भाग्यशुभा गुरुङ, गिता सापकोटा, स्वस्तीका परियार, लक्ष्मी केसी, मान्सी थापा, गंगा सारु, रुद्र थापा रहनु भएको छ।
रूपा कार्कीको सञ्चालनमा तथा लक्ष्मी गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्जु थापाले गर्नुभएको थियो ।