• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

म्याग्दीमा २५० वर्ष पुरानो एकमहिने बर्खेनाच


  •   सोमबार, साउन ३०, २०७९ मा प्रकाशित
  • बेनी । म्याग्दीको सदरमुकाम बेनीमा साढे दुई सय वर्ष पुरानो एक महिना लामो बर्खेनाचको रौनक छाएको छ ।

    Advertisement

    नेवार समुदायको परम्परागत सांस्कृतिक पहिचानका रूपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजको दिनसम्म विभिन्न नाच देखाएर मनाउँदै आइएकामा जनैपूर्णिमाको दिनदेखि लाखे, गाइजात्रा र नागानागिनी नाच देखाइएको हो ।

    नेपाल भाषा मङ्काःखलःको मूल संयोजनमा घण्टाकर्ण चर्तुदर्शीको दिनदेखि देखाउन सुरुआत भएको बर्खेनाचअन्तर्गत २०७९ भदौ २९ गते आइतबार बेनीमा लाखेनाच, नागानागिनी, सापारूनाच प्रदर्शन गरिएको छ । नाचअन्तर्गत मृढृङ्गा र मादलको तालमा लाखे, घोडा, नागनागीनी, रोपाइँ र जोगी नाच देखाउने गरिन्छ ।

    यहाँ पुस्तौँदेखि गठेमङ्गल, लाखेनाच, घोडानाच, जोगीनाच, गोरुनाच, रोपाइँनाच, भोटेनाच, सिकारीनाच, नागनागिनी, सापारू र हनुमान नाचलगायतका परम्परागत संस्कृतिले बजारमा रौनकता ल्याउने गरेको नेवार समुदायका अगुवा युवा विनय श्रेष्ठले जानकारी दिनुभयो ।

    उहाँका अनुसार बर्खाको रोपाइँ सकिएपछि घण्टाकर्णदेखि सुरु हुने नाच हेर्न वरपरबाट मानिस बजार झरी बजार व्यवसाय वृद्धि हुने, प्रतिभाको प्रस्फुटनमा सहयोगी बन्ने मात्रै होइन, यस्ता नाचले ऐेतिहासिक र धार्मिक महत्त्वलाई पनि उजागर गर्ने गर्दछन् ।

    बेनीमा अहिले पुरानो सिकारीनाच लोप भइसकेको छ । भोटेनाच पनि लोप हुने अवस्थामा छ । मेला महोत्सवमा झाँकीको रूपमा मात्र देख्न पाइने र आजकल औपचारिक रूपमा प्रदर्शन नभएको हनुमान नाच विगत सात वर्षयता देखाउन सकिएको छैन । यसअघि सञ्चालन भएको हनुमान नाचले म्याग्दी सामुदायिक पुस्तकालय र माई भगवती मन्दिरको लागि आर्थिक सङ्कलन गरी भवन र मन्दिर स्थापना गरेको थियोे ।

    परापूर्व कालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पतिवियोगमा गरेको चरित्रलाई मुकुन्डो लगाएर स्वरूप परिवर्तन गरेका कलाकारले बर्खेनाचमा अभिनयसहित नृत्य देखाउने गर्छन् । यस वर्ष आगामी भदौ १४ गते हरितालिका तिजको दिनसम्म बेनीको सांस्कृतिक पहिनाचको रूपमा रहेको बर्खेनाचअन्तर्गत विभिन्न नाच देखाउन थालिएको नेपाल भाषा मङ्काःखलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

    बेनीमा बसोबास भएदेखिनै बर्खेनाच देखाउने परम्परागत चलन रहेको पाइन्छ । बर्खेनाचअन्तर्गत तिजको दिनमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिने उहाँले बताउनुभयो । दिनभर बेनीबजारका विभिन्न क्षेत्रमा लाखेनाच प्रदर्शनपश्चात् साँझ गणेश मन्दिर परिसरमा तरबार लडाइँ नृत्यमा श्रीकृष्णको रूपधारण गरेका कलाकारले लाखेको मुकुन्डोलाई बध गरेपछि बर्खेनाच समापन गर्ने चलन रहेको छ ।

    ऐतिहासिक महत्त्व बोकेको बर्खेनाचमा पछिल्लो समय बेनीका युवाले सक्रियतापूर्वक सहभागिता जनाउने गरेका छन् । केही समय अगाडि बर्खेनाचका लागि नयाँ कलाकारलाई तालिमसमेत दिइएको थियो । भिन्न भिन्न सांस्कृतिक महत्त्व बोकेको नाचमध्ये सापारूलाई विशेष महत्त्वको रूपमा लिइन्छ । विशेष गरी ऋषितर्पणी (रक्षाबन्धन) र गाईजात्रा गरी दुई दिन लगाएर एक वर्षभित्र स्वर्गारोहण भएका मृतकको सम्झनामा टयामचा (अग्लो मान्छे) बनाएर बजार परिक्रमा गरिन्छ । यसो गर्दा मृतकको स्वर्गमा बास हुन्छ भन्ने लोक विश्वास रहिआएको छ ।

    नेवार समुदाय मात्र हो,इन सम्पूर्ण बजारवासीसहित आफन्तजन उपस्थित भएर नागनागिनी नाचसहित नेवारी गीत गाएर पहिलो दिन श्री लक्ष्मी नारायण मन्दिरबाट निकाली बजार परिक्रमा गरी भोलिपल्ट मृतकको घरमा भित्राउने परम्परा रहेको छ । तिजमा श्रीकृष्णले लाखेको बध गरेपछि बर्खेनाचको विधिवत् समापन हुन्छ । श्रीकृष्ण भगवान् र लाखेको लडाइँ हेर्न ठुलो भिड जम्मा हुने गर्छ ।

    ‘अग्रजले धानेको परम्परा मङ्काःखलःको संस्थागत विकासपछि व्यवस्थित गर्ने प्रयास गरिएको छ । बर्खेनाच नेवार समुदायको मात्र नभई म्याग्दीकै सम्पत्ति हो । यसबाट सबै जातजाति संलग्न हुने र प्रतिभा उजागर गर्ने अवसर जुटेको छ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो– ‘लोप हुन लागेको नारू पुनर्जीवित गर्ने प्रयासमा छौँ । यसका लागि स्थानीय तह सरकार, युवा पुस्ता र सबै बजारवासीको सहयोगको खाँचो छ ।’

    खलःले विगतमा भक्तपुरबाट मूल नेवारी गुरु ल्याएर सामूहिक बेलविवाह र व्रतबन्ध सम्पन्न गरेको थियोे । त्यस्तै, नेवारी भाषाकक्षा, धिमेबाजा र बासुरीको प्रशिक्षण एवम् अग्रज कलाकारद्वय प्रकाशकुमार श्रेष्ठ र सञ्जयकुमार श्रेष्ठको प्रशिक्षकत्मा हार्माेनियम र मृदङ्गा तालिम सम्पन्न गरेको थियोे ।

    ‘पुस्ता हस्तान्तरणको महसुस गरिएको छ’ लामो समय बर्खेनाच संरक्षणमा योगदान पु¥याएका खलः सांस्कृतिक उपसमिमतिका संयोजक सञ्जयकुमार श्रेष्ठ भन्नुहुन्छ– ‘नाच्ने, गाउने र बजाउनेमा पुरानै पुस्तामा भर पर्नुपर्ने बाध्यतालाई कम गर्न यस वर्ष युवापुस्तालाई अघि सार्ने र अवसर दिने प्रयास गरिएको छ, जसले आगामी पुस्तामा पनि यी नाच संरक्षित हुँदै जीवन्त रहने विश्वास लिएका छौँ ।’ (रासस)

    सोमबार, साउन ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.