• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेपाली युवा, नेतृत्व र भविष्य


  •   शनिबार, साउन २८, २०७९ मा प्रकाशित
  • नारायण गिरी

    Advertisement

    यतिबेला अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संसारमा विभिन्न जाति, भाषा, धर्म, क्षेत्र र समुदायका आआफ्नै संस्कृति र रीति रिवाज छन् । यिनीहरू भित्रबाटै केहीलाई विशिष्टीकृत गर्दै तिनलाई चाडपर्व, महोत्सव अथवा दिवसका रूपमा मान्यता दिइएको छ । जसलाई खुसी साट्ने माध्यमवा चौतारीकारूपमालिइन्छ । यसकै एउटा अंगका रूपमा विश्वले स्वीकारेको छ, ‘अन्तरपुस्ता ऐक्यवद्धता : सबै उमेर समुह मैत्री विश्व निर्माणमा साझा प्रतिवद्धता’ भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाईदै छ ।

    सामान्य अर्थमा भन्नु पर्दा व्यक्तिलाई उमेरका आधारमा गरिने पहिचान वा वाल्यावस्था पार गरिसकेका र प्रौढावस्थामा पुगिनसकेका समूहका व्यक्तिलाई युवा भनिन्छ । युवा त्यो उमेर समूह हो जसमा राष्ट्रको भविष्य, वर्तमानका साझेदार तथा समृद्धिको अग्रसंवाहक बन्ने सामर्थ्य लुकेको हुन्छ ।

    विश्व समाजको विविधताअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध, संगठनहरू र विश्व भूमण्डलीकरणले गर्दा कतिपय व्यवहार र नियममायुवाबारे एकरूपता छ । विश्व बैंक, संयुक्त राष्ट्र संघलगायतका संस्थाका निर्णय यसकानमुनाहुन् । संयुक्त राष्ट्र संघको सन् १९९९ को महासभाको निर्णयले अन्तर्राष्ट्रिय रूपमायुवादिवस मनाउन थालिएको हो । यो निर्णयले युवाको सामाजिकपक्षमा जोड दिएपनि पछिल्लो समय युवादिवस राजनीतिक पक्षसँग बढी जोड्न थालिएको छ, अझ भन्ने हो भने युवादिवसको स्थापना युवा आन्दोलनकोे सफलतासँग गासिएको छ । यद्यपीे युवाका मुद्दाहरूलाई स्थापित गर्न, युवाका सवालहरूमाविश्वका सरकार तथा सरोकारवालालाई सचेत तथाजगारूक गराउने अभियानका हिसावले यो दिवसलाई लिईन्छ ।

    नेपालको राष्ट्रिय युवा नीति, राष्ट्रिय युवा परिषद् ऐन२०७२ को परिभाषामा १६ देखि ४० बर्षको वर्ग युवा मानिन्छ । नेपालमा ०७८ को जनगणना अनुसार १६ देखि ४० वर्षको संख्या ४०.३५ प्रतिशत (१ करोड सात लाख) रहेकोे छ । शिक्षा मन्त्रालयको खेलकुद तथा युवा शाखामा सिमित रहेको नेपालले भने मुस्किलले सन् २००४ देखि युवा दिवस मनाउन थालेको थियो ।

    राष्ट्रिय युवानीति, कार्यान्वयनका लागि युथभिजन २०२५, निर्माण हुनु, राष्ट्रिय युवा परिषद गठन हुनु युवाहरुको लागि निश्चय नै सुखदको कुरा हो । अझै सुखद कुरा अर्को के छ भने स्थानी यनिर्वाचनको नतिजा हेर्दास्थानीय तहमा ४१.१४ प्रतिशत युवा निर्वाचित भएका छन् । जसमा १९ प्रतिशत युवाहरु (नगरमा ३७ र गाउपालिकामा १०६)जनाले नेतृत्व समालिरहेका छन् । प्रतिशतमा युवाको प्रतिनिधित्व हेर्ने हो भने राष्ट्रिय सभाबाहेक अन्यमा पनि विगतको निर्वाचनको सहभागिता उत्साहजनक नै छभने अब आउने प्रतिनिधि सभा निर्वाचनमा युवाहरु थप मजबुत भएर आउने आशा गरीएको छ ।

    तर, अझै पनि राज्यको नीतिनिर्माण र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित हुन सकिरहेको छैन । देशले कोभिड १९ लगायत विपत्तिको सामना गरिरहँदा आमयुवाहरु परिचालितहुन पर्नेमा, दुर्भाग्य राजनैतिक लडाईमा उपयोग मात्रै हुने र युवाको समस्या पहिचाहनसंगै परिचालनकोलागिगतिलो व्यवस्थापनराज्यले अवलम्वन गर्ननसकेकै कारण युवारोजीरोटीकोलागिविदेशिनु विकल्पकोरुपमा रहिआएको अवस्था छ ।

    पछिल्लो जनगणना अनुसार देशमा १९.८ प्रतिशत युवाहरु पूर्णबेरोजगार छन्, ३६ प्रतिशतभन्दा बढी युवाहरू अर्धबेरोजगार छन् भने प्रत्येक वर्ष ४ लाख ५० हजार युवाहरु श्रम गर्न सक्षम हुँदै श्रम बजारमा प्रबेश गर्छन् । रोजगारमा संलग्न युवाहरु हुन या बेरोजगार वा बैदेशिक रोजगारका लागि पलायन भएका युवाहरु नै किन नहोस् । अहिले युवाहरु जम्मा हुने, योजनाहरु निर्माण गर्ने, अनुभवहरु साटासाट गर्ने, युवा सूचना प्राप्त गर्ने, समीक्षा तथा मूल्यांकन गर्ने स्थान र वातावरणको टट्कारो खाचो छ ।

    वर्तमान नेतृत्व र भविष्य
    भनिन्छ, तन्नेरीहरु चाँडै निन्दा र तिरस्कार गर्छन् र तुरुन्तै भुली पनि हाल्छन् । तर, बुढापाकाहरु ढिलो तिरस्कार गर्छन् र ढिलै बिर्सिन्छन् । समृद्धिको नाममा एउटै विषयलाई लिएर घोत्लिरहने मात्रै पनि हैन, सही समयमा स्वीकार र विकल्प सहितको तिरस्कार गर्न नसक्ने कुनै पनि नेतृत्व आजको सन्दर्भमा युवा मैत्री मान्न सकिन्न ।

    कोभिड १९ को कारण आज विश्व आर्थिक,सामाजिक,राजनैतिक रुपमा सोचे अनुसारको गतिमा छैन । यस लेखमा अन्तरराष्ट्रिय युवा दिवसको सन्दर्भमा नेपाली युवा प्रवृत्तिको चर्चा गर्न खोजिएको छ ।

    हुन त जुनसुकै पार्टीको,विचारको भए पनि युवा भनेको सबैको साझा नै हो । उसले वोक्ने एजेण्डा सिंगो देशसंग जोडिएको हुनु पर्छ । सीमित स्वार्थ पाल्ने व्यक्तिले युवालाई एजेण्डा बनायो भने त्यसले नाफा र घाटामा हिसाव गर्न थाल्छ,उसले युवा शब्दमा व्यापार सुरु गर्छ ।

    एउटा सन्र्दभमा युवा नेता गगन थापाले भनेका थिए,आफ्नो पार्टीको महाधिवेशनबाट नेतृत्व चयन गर्दा युवा नेतृत्व आवश्यक छ भनेपछि सबैले हो,अगाडी बढ्नुस् भने । मैले उम्मेदवारी पनि दिएँ,विडम्वना रत्नपार्कमा मैले एक्लै भोट माग्नु पर्यो,अगाडि बढ्नुस् भन्नेहरु सहयोग त के देखिन पनि चाहेनन् । मतलव युवा सहभागिताको सन्दर्भमा समाज उदार छैन । युवा सोँचको कार्यान्वयन नेतृत्वको प्राथमिकतामा परेको छैन ।

    युवाका एजेण्डा स्थापित गर्ने र बुर्जुवा नेतृत्व विस्थापित गर्न मुल राजनैतिक युवा शक्ति तयार नभएसम्म त्यही नेतृत्वको भक्तिगानमा रमाउने,उसैको आहालमा डुब्ने निश्चितप्रायः छ । जो विगतको भन्दा कुनै नौलो र अन्तरराष्ट्रिय अभ्यास होइन ।

    युवा सर्वाधिक सक्रिय,ऊर्जावान र गतिशील समूह हो । तर अहिले ३६ प्रतिशत भन्दा बढी युवा अद्र्धबेरोजगार रहेका छन् । बर्षेनी ५ लाख ३८ हजार युवा रोजगारीका लागि विदेशिने गरेको तथ्याङ्क छ । यो दर प्रतिदिन १५ सयको हाराहारीमा हुन आउँछ । जनसंख्याको ४० प्रतिशतभन्दा बढी संख्यामा रहेका युवा पलायन हुनबाट रोक्नु अहिलेको सबैभन्दा जटिल चुनौती हो । यसमा राज्यको वागडोर सम्हालेको गठबन्धन नराम्रोसंग चुकेको छ ।

    युवालाई सिर्जनशील,सीपयुक्त,उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सिर्जना गर्नुपर्दछ । हरेक देशमा भएका आर्थिक,सामाजिक,राजनीतिक परिवर्तनमा युवा शक्तिको निर्णायक सहभागिताका कारण परिवर्तन संभव भएको हो भन्ने कुरा यो मुल नेतृत्वले भुल्नु भएन ।

    अर्कोतिर नेतृत्वको उत्तराधिकारी छनौट,क्षमता,भिजन र योजनाका आधारमा जबसम्म गरिंदैन,तबसम्म युवाले वैधानिक र न्यायपूर्ण संघर्ष जारी राख्नु आवश्यक छ । युवालाई राज्य सञ्चालन प्रक्रियामा समावेश गर्न नसके राष्ट्रले उनीहरुको उर्जा र प्रतिभाबाट लाभ लिनुको सट्टा कुलत,विकृति,द्वन्द्व र अस्थिरताको सामना गर्नुपर्ने अहिले सम्मको तीतो सत्य हो ।

    दुई दशकपछि नेपालमा स्थानीय जनप्रतिनिधिहरुले विकासको बागडोर सम्हालेका छन् । जनप्रतिनिधिमा युवा सहभागिता बढेको छ । भौतिक उपस्थितिले मात्र सहभागिताको सिद्धान्त समेट्न सक्दैन । युवा जनप्रतिनिधि भएपश्चात युवामैत्री विकास भयो या भएन रुत्यो बहसको विषय बनाइनुपर्छ अब ।

    अहिले सार्वजनिक नीति निर्माणमा युवाको सार्थक सहभागिताको खाँचो छ । आर्थिक,सामाजिक,राजनीतिक र साँस्कृतिक जीवनमा समेत युवाको सहभागिता,युवा समावेशीकरण,रोजगारी क्षमता र उद्यमशीलताको विकासका लागि स्थानीय तहले ध्यान दिन सकेको देखिदैन । सरकारले के दियो भनेर बिलौना गर्नुभन्दा पनि हामीसंग रहेको क्षमताले उपलब्धिको उपयोग गर्न के प्रयत्न गरिए,सबै युवाले सोच्नैपर्ने बेला आएको छ ।

    साथै शैक्षिक तथा स्वास्थ्य स्तरमा सुधार र व्यक्तिगत तथा संस्थागत क्षमता विकास,पिछडिएका क्षेत्र,वर्ग र समुदायका युवालाई विशेष संरक्षण,युवाबीच लैङ्गिक,जातीय,क्षेत्रीय,भाषिक,साँस्कृतिक लगायतका विभेद र वर्गीय असन्तुलनको अन्त्य पनि युवाको सवाल हो,जुन हामीले भुल्नु हुँदैन ।

    गैरसरकारीको गैरधन्दा
    युवाको नाममा कण्डम बाँड्नेदेखि डलरमा सपना किन्ने सम्मका काम गैरसरकारी संस्थाले गरिराखेका छन् । जसलाई सहायताका नाममा अन्तरराष्ट्रिय गैर सरकारी संस्थाहरुले एक प्रकारको व्यापारिक धन्दामा नै स्थापित गरिदिएका छन् । गैरसरकारी क्षेत्रमा काम गर्नेहरुले बुझ्न पर्ने एउटा कुरा,संस्था राज्यका सहयोगी हुन्,प्रतिस्पर्धी हैनन् । राज्यको ऐन नियम कानुनमा टेकेर बैध काम गर्न छुट मात्रै दिइएको हो । भोलि राज्यले चाह्यो भने संस्थाको भूमिका नरहन पनि सक्छ ।

    सवै संस्थालाई यो घानमा हाल्न त सकिदैन तर अधिकांशको नियति देखियो । यसैले अब गैरसरकारी क्षेत्र पनि अछुतो रहेन । गैरसरकारी क्षेत्रको नियमन गर्ने निकाय समाज कल्याण परिषद् लैनचौरवाट लखेटिएर उपराष्ट्रपतिको निवास बनेको छ । परिषद्का जिम्मेवार पदाधिकारी आईएनजिओसंग खुल्लायाम बार्गेनिङमा छन् । यो नरोकिएमा संयुक्त राष्ट्र संघलाई देखाउँदै युवालगायत विभिन्न दिवस मनाउनु सामाजिक क्षेत्रमा काम गर्नेको वाध्यताजस्तै छ । म आफै पनि यस क्षेत्र त्यसमा पनि युवामा काम गर्दाको तीतो अनुभूतिवाट यो धारणा निर्माण भयो । अब यो क्षेत्र सुधार्ने हो भने यस भित्रका विकृति वाहिर ल्याउनै पर्छ ।

    २०६४ साल अगाडि नेपालमा शिक्षा मन्त्रालयमा युवा क्षेत्र शाखामा सीमित थियो । सामाजिक र राजनैतिक दबाववाट युवा तथा खेलकुद मन्त्रालय जन्म्यो । ६० बर्षका मान्छे मन्त्री बनाएर भए पनि एक कदम राज्य युवाका पक्षमा आयो । सामाजिक क्षेत्रवाट युवा आयोग वा युवा परिषद्को माग जोडतोडले उठ्यो,त्यसबेला भलै युवा गैरसरकारी संस्था महासंघ त्यसको अग्रभागमा खट्यो ।

    सरकारैपिच्छे नयाँ नयाँ कुरा आउन थाल्यो तर ढिलै भए पनि माधव ढुंगेलको नेतृत्वमा २०७२ सालमा युवा परिषद नै गठन भयो । पहँुचवाल युवाको त्यहाँ पनि समेटिन रमिता नै देखियो । यद्यपि युवा अधिकारको क्षेत्रमा परिषद् ऐतिहासिक कदम थियो भने नेतृत्व पनि पहिलो कार्यकाल सफल नै रह्यो ।

    केही गैरसरकारी युवा स्वार्थमा डुब्दा उपलब्धको रक्षा,अधिकारको प्रयोगमा भन्दा पनि नौला नौला संस्था जन्माउने र राज्यसंग प्रतिष्पर्धा गर्न थाले । युवा आन्दोलन कागको फुल चोर्ने हतियार बन्दा अब परियोजनामा जागिर पाउने सम्मको आन्दोलन हुन थाल्यो । जसले गर्दा ब्यक्तिको टाउका गन्ने र ब्यक्तिले लाभ लिने अवस्था बन्यो । समग्र गैर सरकारी क्षेत्रमा युवाको भूमिका खुम्चियो ।

    उदाहरणको रुपमा भन्नु पर्दा यस आन्दोलनवाट उदाएका युवा गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष रहिसकेका ब्यक्ति मणि पोखरेल ९प्रकाश विकल्प० जनयुद्धवाट आएको पार्टीको केन्द्रमा पुग्नु भएको छ भने अन्य पनि थुप्रै ठाउँमा विभिन्न युवाले उचाई प्राप्त नगरेका हैनन् । यद्यपि युवा अभियान पुन संघर्षमा, फोहर बढार्दै अगाडि बढ्नुपर्ने अवस्था आइपुगेको छ ।

    एक पटक युवा शब्द खुब विकाउ हुन्थ्यो, साथीहरु घरघरै संस्था खडा गरेर युवाको हरिविजोग छ भन्दै, रेडक्रस स्टायलमा कमाउधन्दामा लाग्ने र वेठेगानका महासंघ नै दर्जनौ पुर्याएपछि ठुलो मान्छे भइन्छ भन्ने भ्रम थियो । राष्ट्रिय निर्देशन ऐनअन्तर्गत दर्ता एउटा युवा महासंघ बाहेक अहिले कसैको अत्तोपत्तो छैन ।

    बर्ष दिनमा एक चोटी युवा दिवसमा युवा परिषद्मा भेट हुनेहरु पनि गायब अवस्थामा छन् । सायद अब उहाँहरुको परियोजनामुखी आन्दोलनको दिन समाप्त भए भन्नेमा दुइमत रहेन । अब अस्तित्वमा रहेका नेतृत्वले थप अधिकार प्राप्ती र उपलब्धिको रक्षा गर्दै समग्र युवा अभियान नयाँ उचाईमा पुर्याउन आवश्यक छ । राज्यको सन्यन्त्रमार्फत युवाको पहुँच निर्माण गर्न प्रदेश युवा परिषद गठन समेत गरी सही ढंगले समाज रुपान्तरण गर्न अब ढिला भइसक्यो ।

    जुनसुकै देशमा हुने हरेक प्रकारका परिवर्तनमा युवाको प्रमुख भूमिका रहन्छ । युवाशक्ति देशको राजनीतिक, आर्थिक, सामाजिक,साँस्कृतिक रुपान्तरणका संवाहक भएकोले सार्वजनिक नीति चक्रका सबै तहमा युवाको सार्थक सहभागिता सुनिश्चित गर्नु आवश्यक छ । युवालाई सिर्जनशील,सीपयुक्त,उद्यमी र जिम्मेवार नागरिकका रुपमा विकसित हुने अवसर राज्यले प्रदान गर्नका लागि अब लागि परौ,विगतका अनुभव र अनुभूतिले त्यही भन्छ ।

    निष्कर्ष
    आजको विश्व व्यवस्थामा युवाको सवाल,अवस्था र आवश्यकताको विषयमा पनि प्रमुख प्राथमिकतासाथ नसोच्ने तर तारे होटलका बन्द कोठामा हुने बौद्धिक विलासिताले ठोस नतिजा निकाल्न सक्दैन । त्यसका लागि सोहीअनुसारको व्यावहारिक कार्यक्रमको निर्माण र सञ्चालन गर्न जरुरी हुन्छ । दिगो विकासको लक्ष्य निर्धारणसहित विश्व समाज अगाडि बढिरहेको छ । हामीले अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहँदा दिगो विकास लक्ष्यसम्बन्धि पनि व्यापक बहस,छलफल र कार्यक्रम जरुरी छ ।

    दिगो विकासको लक्ष्यका १७ वटा क्षेत्रमध्ये धैरै सवाल युवासँग प्रत्यक्ष जोडिएका छन् । जसमा युवाको विकास र युवा समस्याको सम्बोधन बिना तिनको अपेक्षित परिणाम आउन नसक्ने कुरा निश्चित छ । युवाको सहभागिता र सक्रियताबिना विकास कोरा कल्पना मात्रै हुन्छ ।

    वल्र्ड इकोनोमिक फोरमले गरेको अध्ययनअनुसार विश्वमा २ सय मिलियन युवा बेरोजगार छन् । प्रतिवेदनको थप अंशअनुसार २०२० मा ५ सय मिलियन नयाँ रोजगारीको सिर्जना गर्नुपर्ने प्रक्षेपण पनि छ । तर कोरोना महामारीले यो संख्या अझै बढ्दो छ । युवा शक्ति श्रम शक्तिका रूपमा तयार छ र कामको तीव्र खोजीमा छ । यसमा चाखलाग्दो विषय त के छ भने रोजगारदाताले आफूलाई चाहिने योग्य वा दक्ष श्रमिक पाइरहेका छैनन् । श्रमिकले दक्षताअनुसारको श्रमको अवसर पाइरहेका छैनन् ।

    नेपालको सन्दर्भमा राजनीतिक परिवर्तनका ऐतिहासिक घटना र व्यवहारिक दस्तावेजले पनि परिवर्तन युवाबाटै सम्भव हुने सिद्ध भइसकेको छ । ख्याल राख्न जरुरी छ– युवावस्था आउँछ तर जीवनमा एक पटक मात्रै । एकपटक मात्रै आउने समयलाई हाम्रो समाजले ठीक मार्गमा लाग्ने उपयुक्त वातावरण दिएको छ कि छैन,सबैले सोच्नैपर्ने बेला आएको छ ।

    (लेखक प्रगतिशील पत्रकार संघ, नेपालका केन्द्रीय सदस्य तथा युवा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।)

     

    शनिबार, साउन २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.