काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।राजदूत पुरीले मंगलबार राष्ट्रपति निवास शितल निवासमा भेटवार्ता गरेका हुन् । सो अवसरमा दुई पक्षीय हितका विषयमा कुरा भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
Advertisement
भारतीय राजदूत पुरी तीन वर्षे कार्यकाल सकेर स्वदेश फर्कने तयारी छन् । उनी पुस १५ गते भारत फर्कँदैछन् । यसअघि उनले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलगायत उच्च नेपाली नेताहरुसँग विदाई भेट गरेका थिए ।