माधव खनाल, अर्घाखाँची ।
राष्ट्रिय जनमोर्चा भूमिकास्थान नगरपालिका– १ अर्घाखाँचीले धनकुमारी खनालप्रति श्रद्वाञ्जली अर्पण गरेको छ ।
भूमिकास्थान नगरपालिका–१ भगवती टोलसुधार समिति ओखटेका सदस्यद्वय ज्ञानप्रसाद खनाल र मोतिराम खनालकी आमा धनकुमारीको निधन भएको आठौँ दिनमा आज उहाँकै निवासमा श्रद्धाञ्जली शभाको आयोजना गरिएको हो ।
राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सदस्य एवम अर्घाखाँची जिल्ला सचिव बाबुराम पन्थि सुनारले शोक मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाले भूमिकास्थान १ को कुशल अभिभावक गुमाएको उल्लेख गर्दै आफू र आफ्नो पार्टीलाई अतुलनीय क्षति पुगेको बताउनुभयो ।
श्रद्धाञ्जली सभामा राजमो जिल्ला सदस्य मेघराज खनाल, जातीय समता समाजका गोपाल विक, अखिल नेपाल किसान संघका सालिकराम खनाल लगायतको उपस्थिति रहेको थियो ।
धनकुमारि खनालका जेष्ठ छोरा ज्ञानप्रसाद खनालको अध्यक्षता र भोजराज खनालको सञ्चालनमा श्रद्धाञ्जली सभा सम्पन्न भएको थियो ।
धनकुमारीको यही श्रावण १५ गते ७८ वर्षको उमेरमा निधन भएको थियो । खनालका श्रीमान, तीन छोरा, बुहारी, चार छोरी ज्वाइँ र नातिनातिना हुनुहुन्छ भने तीन छोरा मध्ये कान्छो छोरा रोमाखर खनालको केही समय पहिला नै निधन भएको थियो।