• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

राष्ट्रियतामाथि खेलवाड गर्ने ‘प्रचण्ड’लाई जापानमा कसरी स्वागत गरूँ ?


  •   शनिबार, साउन २१, २०७९ मा प्रकाशित
  • हेमलाल गौतम

    Advertisement

    नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल जापान आउँदै गरेको समाचार देख्दा केही कुराहरु नलेखि बस्न सकिएन । देशको पूर्वप्रधानमन्त्रीका रूपमा उहाँलाई जापानमा हार्दिक स्वागत गर्न चाहन्छु । विदेशमा एउटा संस्थाको जिम्मेवार सदस्य र राजनीतिक स्कूलिङबाट हुर्केको नेपालीका नाताले केही कुरा नलेखि बस्न मनले मानेन ।

    नेपालका पूर्वप्रधानमन्त्री श्री पुष्प कमल दाहाल आज अगस्ट ६ देखि १० सम्मको पाँच दिने जापान भ्रमणमा रहेको कुरा जन प्रगतिशील मन्च जापानका केन्द्रीय अध्यक्ष भवानी पन्तले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । पत्रकार सम्मेलनमा जोड दिएर भनिएको थियो ‘एउटा देशको पूर्व प्रधानमन्त्री देशभित्र हुँदा कुनै एउटा पार्टीको नेता होला तर एयरपोर्टबाट बाहिर गएपछि त्यो देशको प्रतिनिधि हुन्छ ।’

    हो, पक्कै पनि त्यो कुरा सत्य हो र हुनुपनि पर्छ । तर उसको भ्रमणको उद्येश्य, कार्यतालिका, कूटनीतिक नियोगको आधिकारिक भ्रमण कार्यतालिका सार्वजनिक हुनु र सम्बन्धित देशको समकक्षी या परराष्ट्र मामिलाका जानाकारले त्यसको औपचारिक पुष्टी गरेमा । यहाँ त ती के कती परिपक्व तरिकाले आए त्यो भने जानाकारीमा छैन ।

    एउटा पूर्वप्रधानमन्त्रीको विदेश भ्रमण पार्टीको काममा, पार्टी सदस्यता वितरणमा भन्दा पदीय हैसियतको मतलवमा केन्द्रित हुनुपर्छ । नेपाल र जापानको असल सम्बन्धको कूटनीतिक पाटोमा केन्द्रित हुनुपर्छ । पर्यटन प्रवर्द्धनमा कोशेढुंगा साबित हुनुपर्छ । सम्बन्धित देशमा आप्रवासनमा रहेका नागरिकहरूको समस्या समाधानमा केन्द्रित हुनुपर्छ । लगानीको सम्भाब्यता र त्यसको प्रवरद्धनमा मार्ग निर्देश गर्न सक्ने हुनुपर्छ । विकास मोडल मध्यनजर गरी देशको आवश्यकता अनुकुलको विकास मोडलको सम्भाब्यता अध्ययनमा केन्द्रित हुनुपर्छ । जापानको जस्तो उच्च अनुशासनको अध्ययन र त्यो पालना गर्ने प्रतिबद्धतामा केन्द्रित हुनुपर्छ ।

    पुष्पकमल दाहालको भ्रमण एउटा हत्यारा, आतंककारी र अपराधीका रूपमा दर्ज गराउन धेरै दुश्प्रयत्नहरू पनि हुन सक्छन् । किनकी दशवर्षे द्वन्दकालमा उनले गरेका कतिपय कामलाई विरोधीहरूले सधैँ मसला बनाइरहन्छन् । त्यो दाग मेटाउने भ्रमणका रूपमा यो भ्रमण हुन सकेमा उनको भ्रमण सफल मानिन्छ । युद्घकालमा भए गरेका कतिपय कुरा शान्ति प्रक्रियामा आइसके पछि क्षम्य हुनुपर्छ । त्यसका लागि भद्र सहमतिहरू ईमान्दारीतापूर्वक पालना हुनुपर्छ । जनताले र विश्वले त्यसलाई हेरिरहेको हुन्छ । तसर्थ त्यो भद्र सहमतिमा पूर्वप्रधानमन्त्री कति इमान्दार रहे त्यो कुराले पनि उनीमाथि लगाइने आरोप या गालीको न्यूनीकरणमा प्रभाव पार्छ ।

    त्यो पत्रकार सम्मेलनमा अध्यक्षलाई गाली गलौज गर्नेहरूलाई साइबर कानून लगाईदिन्छौं भनेर धम्कि दिनु त्यती सान्दर्भिक देखिएन । संवाददाता राजन गौतमको प्रश्नको उत्तर व्यवहारिक रूपमा दिने प्रयत्न हुने हो भने पक्कै पनि त्यस्ता कृत्रिम धम्कीपूर्ण भाषाको प्रयोग आवश्यक रहँदैन । यो विषयमा राजनैतिक संस्कार देखाउन नसकेको महसुस भयो । मोहन घलेले गरेको वाचा र सुझावले पूर्वप्रधानमन्त्रीको जापान भ्रमण फलदायी बनाउन संचार कर्मबाट हुने योगदानमा कमी नहुने वाचा उच्च प्रकारको छ ।

     

    वर्तमान सरकारको महत्वपूर्ण हिस्सेदार पार्टीको नेताका हैसियतले एमसीसी जस्तो विवादास्पद सम्झौता पास गराउनु, जन्मका आधारमा नागरिकता विधेयक पास गराउनु जस्ता कुरा खारेजीको प्रस्ताव लगेर जाने वचनबद्धता जाहेर गरेमा जापान रहेर गाली गर्नेहरूले पनि ताली ठोक्न थाल्नेछन्  ।

    प्रचण्डको भ्रमण केवल पार्टी सदस्यता वितरण गर्ने, खादा र माला लगाउने र आफ्ना कार्यकर्ताको घेरामा मात्रै रहने काममा केन्द्रित हुनुहुँदैन । कम्तिमा पनि कूटनीतिक नियोगलाई बढि भन्दा बढि जनता प्रति जिम्मेवार बन्ने र केही उदाहरणीय काम गरेर जापान र नेपालको दौत्य सम्बन्ध अझ प्रगाढ बनाउने दिशामा अभिप्रेरित गराउन सक्नुपर्छ । नेपाली शैली र बोलीको ठेगान नहुने बानीलाई जापानी शैली र बोली र ब्यबहारको तादाम्यता मिलाउन दवाब सिर्जना गराइदिन सक्नुपर्छ । जापानमा रहेका ३० हजारभन्दा बढी नेपाली विद्यार्थीको समस्या समाधानका लागि कम्तीमा पनि कूटनीतिक नियोग मार्फत जापान सरकारसँग सहज वातावरण निर्माणमा पहल गरिदिनुपर्छ ।

    स्वदेशमा लगानी गर्न चाहने लगानीकर्ताहरूको लगानीको सुरक्षाको अनुभूती हुनेगरी ब्यबस्था मिलाउन नेपाल सरकारलाई दवाव दिन सकेमा यो भ्रमण सफल भएको मानिन्छ ।

    त्यस्तै जापानमा अहिले एक लाखको हाराहारीमा नेपालीहरू बसोबास गर्छन् । उनीहरूलाई नेपालको विधायिका छनोटमा मताधिकारको प्रयोग प्रवासबाटै गर्न पाउने व्यवस्था मिलाई नेपालप्रति माया र सदभाव बढाउने काम गरिदिन सक्नुपर्छ । सक्षम नागरिक प्रवासबाटै पनि विधायिका संसदमा चुनिन पाउने व्यवस्था पनि हुनुपर्छ । त्यसको कानूनी र व्यवहारिक व्यवस्था मिलादिन सके पूर्वप्रधानमन्त्रीको भ्रमण सफल भएको मानिने छ ।

    फरक विचार र दृष्टिकोण बोक्ने नेपालीहरूले पनि माओबादीको अध्यक्ष होइन पूर्वप्रधानमन्त्रीको रूपमा चिन्न र गर्व गर्न सक्ने वातावरण सिर्जना गर्न सकेमा पूर्व प्रधानमन्त्रीको भ्रमण सफल भएको मानिने छ । त्यसकालागि निमन्त्रणा गर्ने संस्था जिम्मेवार बन्न जरूरी हुन्छ ।

    मैले प्रचण्डलाई होइन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई गर्वले स्वागत गर्न सकुँ । म जस्ता नेपालीले सकुन् र समस्त नेपालीले सकुन् । नकि माओवादीको बिल्ला भिरेका र भिर्ने कार्यकर्ताले मात्रै । उनीहरूले त देशमा गएपछि या आफ्ना औपचारिक या अनौपचारिक कार्यक्रममा आफ्नो अध्यक्ष भेटुन् तर यहाँ त्यो रूपमा रूपान्तरण नगरून् । यसले पुष्पकमल दाहालमाथि लागेको दाग मेटाउन सहयोगी भूमिका खेल्ने छ भन्ने लाग्छ । आगे सम्बन्धित निकायले बुझोस् । कम्तीमा मेरो देशको पूर्व प्रधानमन्त्री आउँदा मैले र सबै नेपालीले गर्व गर्न पाउनुपर्छ ।

    वर्तमान सरकारको महत्वपूर्ण हिस्सेदार पार्टीको नेताका हैसियतले एमसीसी जस्तो विवादास्पद सम्झौता पास गराउनु, जन्मका आधारमा नागरिकता विधेयक पास गराउनु जस्ता कुरा खारेजीको प्रस्ताव लगेर जाने वचनबद्धता जाहेर गरेमा जापान रहेर गाली गर्नेहरूले पनि ताली ठोक्न थाल्नेछन् । शान्ति प्रकृयाका बाँकी काम पुरा गरेर देखाउने वाचा गर्दै त्यसको कार्यान्वयन गर्न सकेमा पनि गाली गर्नेहरूले ताली ठोक्नेछन् । चुच्चे नक्सा कार्यान्वयन र भारतीय साम्राज्यवादी हेपाहा नीतिका विरूद्ध सरकारले कूटनीतिक ढंगले प्रतिबाद गराउन सके गाली गर्नेहरूले ताली ठोक्नेछन् ।

    देशमै रोजगार सिर्जना गरी संसार भरि छरिएर रहेका नेपालीलाई स्वदेश फर्काउने योजना तर्जुमा र कार्यान्वयन गराउन सकेमा पनि गाली गर्नेहरूले ताली ठोक्नेछन् । नेपाल जस्तो देशमा बोझिलो संघीयता खारेज गराई केन्द्रमा केन्द्रीय सरकार र स्थानीय तहलाई स्वायत्त र बढि अधिकार सम्पन्न गराउन सके गाली गर्नेहरूले ताली ठोक्नेछन् । यी बचन बोल्न सकुन् जापानमा रहेका नेपालीहरू सामु सयसैमा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहालको जापान भ्रमणको ओज रहने छ ।

    हेमलाल गौतम
    (जापान नेपाली एकता समाज ,केन्दीय सदस्य ।)

    शनिबार, साउन २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.