दाङ । राष्ट्रिय जनमोर्चा घोराहीले माघ महिनाभर नगर क्षेत्रमा जनजागरण अभियान सञ्चान गर्ने भएको छ । सोमबार बसेको राजमो घोराही उपमहानगर समितिको बैठकले पौष मसन्ता भित्र सबै वडा समितिको बैठक बसाल्ने र माघ महिना भरी जनजागरण भियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष हरि खरेलले जानकारी दिनुभयो ।
Advertisement
यस्तै, फागुन महिना भरी संगठन निर्माण अभियान सञ्चालन गर्ने जनाइएको छ । बैठकमा राजमो दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको उपस्थिति थियो ।