चितवन । भरतपुर महानगरपालिका १८ अन्तर्गत शहरी क्लिनिक टोल विकास सुधार संस्था पुनर्गठन भएको छ। भेलाले कृष्ण बहादुर केसीको अध्यक्षतामा ११ सदस्यीय समिती गठन गरेको छ ।
Advertisement
समितिको उपाअध्यक्षमा डिल माया ढकाल, सचिव उमा न्यौपाने रेग्मी र कोषाध्यक्ष मिना पौडेल चयन हुनुभएको छ ।
सदस्यहरुमा निर्मला श्रेष्ठ, सीता न्यौपाने, घनश्याम काफ्ले, अमृत बहादुर बिष्ट, मलती गुरुङ, बद्री नाथ अधिकारी र चित्र बहादुर रिमाल रहनुभएको छ ।
सल्लाहकार समितिमा हरि न्यौपाने, लक्ष्मी अधिकारी, राम कुमार श्रेष्ठ, खेमा लाल सापकोटा, राज कुमार घर्ती, तिल कुमार श्रेष्ठ र दल बहादुर केसी सुवेदी रहनु भएको छ ।