काठमाडौं । सर्वोच्च अदालत अब शुक्रबार पनि अरु बार सरह पुरा दिन सञ्चालन हुने भएको छ ।
Advertisement
अदालतमा रहेको पुराना बक्यौता मुद्दा न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०७९ का सम्बन्धमा मिति गत असार २२ मा बसेको अदालतको पूर्ण बैठकबाट शुक्रबार पनि अरू बारसरह पुरा समय अदालत सञ्चालन गर्ने निर्णय भएको थियो ।
भोलि (साउन २० गते) शुक्रबारदेखि नै अदालत पुरा दिन सञ्चालन हुने सर्वोच्च प्रशासनले जनाएको छ ।