काठमाडौँ । विद्यार्थीहरूको रचनात्मक क्षमता वृद्धि गर्ने उद्देश्यका साथ अन्तरविद्यालय ककनि (कथा, कविता, निबन्ध) प्रतियोगिता सम्पन्न भएको छ ।
२०७९ साउन १८ गते अक्सफोर्ड माध्यमिक विद्यालयमा सम्पन्न सो कार्यक्रममा उपत्यकाका २० वटा स्कुलहरूको सहभागिता रहेको थियो ।
स्कुल फोरम नेपाल आयोजक र अक्सफोर्ड माध्यमिक विद्यालय सहआयोजक रहेको सो प्रतियोगितामा कथातर्फ सुुयोग खड्का, कवितातर्फ कृपा सेन्च्युरी र निबन्धतर्फ अस्मीता राईले प्रथम स्थान प्राप्त गर्नुभएको थियो ।
शिक्षा अधिकृत मोतिराज खनाल प्रमुख अतिथि तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. चूडा ढकाल विशिष्ट अतिथि रहेको सो कार्यक्रमको अध्यक्षता स्कुल फोरमका अध्यक्ष शेरबहादुर पौडेलले गर्नुभएको थियो ।
अक्सफोर्ड स्कुलका भाइस प्रिन्सिपल विकास ढकालको संयोजनमा अगाडि बढेको सो कार्यक्रमको अवसरमा विद्यार्थीहरूलाई कथा, कविता, निबन्धसम्बन्धि तालिमसमेत दिइएको थियो ।
