खिमराज चालिसे, चंडीगढ (भारत)
प्युठान जिल्ला, ऐरावती गाउँपालिका वार्ड नम्वर २ बरौला निवासी हुमबहादुर गाहाको श्रीमती निशा गाहामगर वर्ष २३ यहि दिनांक १ अगस्त २०२२ देखि भारतको हिमांचल राज्यको बद्धीबाट दुई छोरासहित हराएका हुन् ।
Advertisement
उनले छोराहरू, बिवश वर्ष ४ र आर्यन डेढ वर्षको साथमा लिएर फरार भएका छन् ।
उनी, चंडिगढ या पंचकुलातिर भएको शङ्का उनका श्रीमानले गरेका छन उनि भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय अथवा हुमबहादुर गाहाको फोन नं. +917901921881 वा शिव बहादुरको +918699816795 मा खबर गरिदिनु हुन गाहा परिवारले अनुरोध गरेको छ ।