बुटवल । रक्तिम सांस्कृतिक अभियानको तेस्रो राष्ट्रिय भेला आज (साउन १६) देखि बुटवलमा सुरु हुँदैछ ।
Advertisement
भेलामा सहभागी हुन विभिन्न जिल्लाबाट प्रतिनिधिहरु बुटवलमा जम्मा भएका छन् । भेलाको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्ने कार्यक्रम छ । यस्तै, उद्घाटन समारोहमा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीलगायत विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरुले शुभकामना दिनुहुने छ ।
भेलाले रक्तिमको केन्द्रीय समिति पुनर्गठन गर्दै राष्ट्रिय सम्मेलनको तयारी गर्ने सचिव हेमराज आश्रमले जानकारी दिनुभयो ।
सर्वहारावर्गीय सांस्कृतिक आन्दोलनको पक्षमा गौरवपूर्ण इतिहास रहेको रक्तिम सांस्कृतिक अभियानको यो भेलाले विभिन्न अवसरवादी भड्बावविरुद्ध संगठनको गौरवलाई थप अगाडि बढाउने विश्वास गरिएको छ ।