धनगढी । अखिल नेपाल युवक संघको राष्ट्रिय परिषद बैठक सोमबार सुरु भएको छ । बैठकको उद्घाटन संघका अध्यक्ष अनिलकिशोर घिमिरेले गर्नुभएको छ ।
उद्घाटन समारोहलाई बरिष्ठ वामपन्थी नेता रामचन्द्र भट्ट, अखिल नेपाल किसान महासंघक अध्यक्ष भैरबराज रेग्मी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्ट, तराई मधेश जनवादी मोर्चाका का महासचिव राजाराम चौधरी, अखिल (छैठौं)का अध्यक्ष बिमल पोख्रेल, युवक संघका पूर्व अध्यक्ष एवम् सल्लाहकार तिलक थापा, जातीय समता समाजका महासचिव गोविन्द बिक,कानुन व्यबसायी संघका केन्द्रीय सदस्य लाल बहादुर जाग्रीलगायत नेताहरुले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा किसान संघका केन्द्रीय सदस्य हरिकृष्ण पान्डे, राजमो केन्द्रीय सदस्यद्वय नन्दराज भट्ट र लोकेन्द्र लम्साल, राजमो कैलालीका अध्यक्ष दयाराम सञ्ज्याल,कन्चनपुरका अध्यक्ष राम बहादुर कार्की,डोटी जिल्ला सचिव केशव नाथ योगी, युवक संघका उपाध्यक्ष लक्ष्मण पुन, उपाध्यक्ष चित्र एम सी, सचिव भक्त बिकलगायतको आतिथ्यता रहेको थियो ।
संघका उपाध्यक्ष मुकुन्द रोक्काको अध्यक्षतामा भएको उद्घाटन समारोहको सञ्चालन महासचिव कृणराज पान्डे तथा स्वागत सचिव प्रशान्त थापाले गर्नुभएको थियो । बैठक दुई दिनसम्म चल्ने युवक संघले जनाएको छ ।

