• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

चिनियाँ कम्युनिस्ट पार्टीको सफलता


  •   शनिबार, साउन १४, २०७९ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##
    मे ४ को आन्दोलन सन् १९१९ को मे महिनाको ४ गतेका दिन सुरु भएको थियो । यो आन्दोलनले चीनमा जबर्जस्त सांस्कृतिक क्रान्ति ल्याएको थियो । चिनियाँ समाजलाई जकडेका कन्फ्युसियस संस्कृतिलाई उखेलेर फ्याक्ने कोसिस त्यही आन्दोलनको बेलामा भयो । यो आन्दोलनको नारा “विज्ञान र प्रजातन्त्र” भन्ने थियो । यही आन्दोलनको सफलता र विस्तारका कारण चीनमा प्रगतिशील आन्दोलनको सुरुवात भएको थियो ।

    Advertisement

    चीनमा माक्र्सवाद र लेनिनवादको प्रवेश रुसी समाजवादी क्रान्तिको प्रभावबाट भएको थियो । चीनका सुधारवादीहरूले समाजवादलाई भन्दा पुँजीवादलाई प्रश्रय दिने चीनका प्रगतिशील नेता लिडिझाओलाई सन् १९२७ मा मृत्युदण्ड दिएकाले पहिलो प्रगतिशील सहिद मानिन्छन् । उनको मृत्युले चीनमा प्रगतिशील विचारधारालाई प्रभावकारी बनाउँदै प्रचार प्रसार र विस्तार गर्यो । चाउएनलाई र तेङस्यायोपिङ पेरिसबाट चीनका भावी नेता बनेर फर्केका थिए भने त्यस बेला चीनमा माओत्सेतुङ, तोङप्यु, चाङ्कोथाओ, छन्तुस्यु जस्ता प्रभावशाली युवाहरू नयाँ विचारबाट प्रभावित भएकाले चीनमा कम्युनिस्ट पार्टीको जग बलियो भएको थियो । १९२१ जुलाई १ गते साङ्घाईमा चीनमा छरिएर रहेका ५० वामपन्थी सदस्यहरूको प्रतिनिधित्व गरी १३ जना प्रतिनिधिहरूले सम्मेलन सुरु गरे । जम्मा पाँच दिनसम्म चलेको उक्त सम्मेलनको पाँचौैँ दिन सरकारले धरफकड गर्ने खतरा भएकाले जियसिङ्ग काउन्टीको नान्हु सरोवरमा डुङ्गामा नै बैठक सम्पन्न गरेका थिए । दस्तावेज पारित गरेर चीनका विभिन्न भागमा सङ्गठन विस्तार अभियानमा लागेर सो दस्तावेजको अध्ययन गराएका थिए ।

    चीनमा रुसलाई महान मित्र, गुरु र सहयोगी मानिन्थ्यो । चिनियाँ कम्युनिस्ट पार्टीले चीनका श्रमजीवी कृषक र बुद्धिजीवीलाई नयाँ विचारमा शिक्षित र प्रशिक्षित गर्न ट्रेड युनियनको मुख्यालयको स्थापना, श्रमजिवीको पत्रिका प्रकाशन र वितरण, प्रशिक्षणालयलगायतको स्थापना, प्रत्येक उद्योगधन्दामा एउटा न एउटा श्रमजीवीको सङ्गठन निर्माण गर्ने काम प्राथमिकताका साथ गरियो । दोस्रो प्राथमिकता आन्दोलन र हडताललाई दिइयो । सन् १९२३ जुनमा चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो तेस्रो राष्ट्रिय सम्मलेन कुवाङचाउमा सनयातसेनको कार्यक्रमलाई समर्थन गर्ने र कोमिङताङ पार्टीसँग संयुक्त रूपमा काम गर्ने निर्णय गर्यो ।

    माओत्सेतुङको सफल नेतृत्व जनताको मन जितेर/जिताएर त्यतिखेरै स्थापित भएको थियो ।

    सनयातसेनले १९२४ को जनवरीमा कोमिङताङ पार्टीको पहिलो राष्ट्रिय सम्मेलन गरेर चिनियाँ कम्युनिस्ट पार्टी र समाजवादी युवा लिगका प्रतिनिधिसहित राष्ट्रवाद प्रजातन्त्र र जनजीविकाका तीन जनसिद्धान्त पास गर्ने र ह्वाङ्पु सैनिक प्रतिष्ठानका अध्यक्ष च्याङकाइसेक बने । चाउएनलाई राजनैतिक निर्देशक बने । १९२५ मार्च २५ मा सनयातसेनको मृत्यु भएकाले चीनमा सामूहिक मुक्तिका लागि गर्ने काम त्यही रूपमा अगाडि बढ्न सकेन ।

    सन् १९२६ मे मा मजदुरको तेस्रो राष्ट्रव्यापी सम्मलेनले कृषक वर्गको सहयोग लिएर अघि बढ्ने निर्णय गर्यो । १९२३ देखि नै कृषकको सङ्गठनात्मक गतिविधि सुरु गरिएका थिए । १९२६ मे महिनामा देशभरिका किसानको राष्ट्रव्यापी सम्मेलन पनि सम्पन्न भयो । च्याङकाइसेकले डा. सनयातसेनको शेषपछि कम्युनिस्ट विरोधीको साथ र सहयोगमा कम्युनिस्ट र क्रान्तिकारीको सफाया गर्ने अभियान नै चलायो । १९२७ अप्रिलमा कम्युनिस्टप्रति आत्मघात गरेको थियो । उत्तरी अभियानपछि दोस्रो गृहयुद्ध १९२६ देखि १९३७ सम्मको दस वर्षसम्म सञ्चालनमा आएको थियो । १९३० सम्ममा एक लाख सेना र पन्ध्रभन्दा बढी कम्युनिस्ट पार्टी क्रान्तिकारी आधारक्षेत्र बनिसकेका थिए । लालसेना लोकप्रिय हुँदै जनताको समर्थन र सम्मान पाएका थिए । च्याङकाइसेकको ध्यानचेष्टा कम्युनिस्टको सफाया गर्ने भएकाले चौथो र पाँचौँपटक पनि कम्युनिस्टलाई “घेर र सिध्याऊ” भन्ने अभियान चलाइरहेको थियो । १८ सेप्टेम्बर १९३१ मा जापानले चीनमाथि आक्रमण गरेर कम्युनिस्टले गृहयुद्ध स्थगित गर्दै एकताका लागि घोषणा गर्दा पनि च्याङकाइसेकले कम्युनिस्टमाथिको आक्रमण कायम राख्यो ।

    आधारक्षेत्रलाई चारैतिरबाट आक्रमण गर्ने च्याङकाइसेकको नीतिका कारण आजित क्रान्तिकारीलाई पाँचौँपटक दस लाख सेनाको घेराबन्दीमा पारेपछि आफ्ना तीन लाखसम्म सेनाको सङ्ख्या भई विकास गरेका क्रान्तिकारीलाई केन्द्रीय आधारक्षेत्रबाट घेरा तोड्न बाध्यता भयो । फुच्येन च्याङसीस्थित दक्षिणी आधारक्षेत्रबाट उत्तरी सेनाको १२,५०० किलोमिटर लामो यात्रा पूरा गर्न ३७० दिन लागेको थियो । १६ अक्टोबर १९३४ मा सुरु गरेको लामो अभियान चीनका साम्यवादी इतिहासमा अत्यन्तै ठुलो महत्त्वको अभियान हो । अत्यन्तै कठिनाइका साथ पूरा गर्दा तीन लाखसम्म भएका सेना च्याङकाइसेनकका फौजको घेरा तोड्दा एक लाखमा सीमित भएका थिए भने उत्तरी आधारक्षेत्र सेन्सी पुगेर यात्रा पूरा गर्दा सेनाको सङ्ख्या तीस हजारमा खुम्चिएको थियो । त्यसका हिसाबले यति महत्त्वपूर्ण जिम्मेवारी पूरा भएको थियो । त्यो ३७० दिनको यात्राको सिलसिलामा २० करोड चिनियाँ जनताको मनमा चिनियाँलाल सेनाले आसन जमाउने र च्याङकाइसेकको सेनाप्रति घृणा जगाउने बनाउन विजय हुने काम राज्यसत्ता कब्जा गर्न पर्ने अवस्थाको लागि ठुलो भौतिक शक्ति निर्माण भएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो विजय त्यतिखेरै प्राप्त गरिएको थियो । माओत्सेतुङको सफल नेतृत्व जनताको मन जितेर/जिताएर त्यतिखेरै स्थापित भएको थियो ।

    जनताका बिचमा सेवाभावले प्रस्तुत हुने एकातिर र जनताले खुसीले दिएकोबाहेक सियोधागो पनि नलिन गरेको निर्देशन चानेचुने थिएन । अरूले अब त्यही नक्कल गरेर हुने निर्देशन पनि त्यो थिएन । त्यही थियो, अवस्थाको ठोस विश्लेषण । यस्तो लामो अभियानको अध्यास न मानव इतिहासमा कतै थियो, न अब हुने क्रान्तिकारी इतिहास पनि ठिक त्यस्तै गरेर दोहोरिने छ तर एउटा सन्देश जनताको मन जितेरै मात्र सत्ता कब्जा र सञ्चालन गर्नुपर्छ र गर्न सक्नुपर्छ भन्ने चाहिँ पक्कै दिएको छ । त्यसले राजनीतिक लडाइँ भौतिक लडाइँ पनि हो भन्ने प्रमाणित गरेको छ ।

    चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओसेत्तुङले आफ्नै अध्ययन र अनुभवबाट कम्युनिस्ट पार्टीले नयाँ जनवादी क्रान्तिको नेतृत्व अनिवार्य रूपमा गर्नैपर्छ किनभने उद्योगधन्दाको विकास गरेर राष्ट्रिय पुँजीको विकास गर्ने कामको लफेडामा साम्राज्यवादी शक्तिहरूले कम विकसित देशका साधनश्रोतको उपयोग आफ्ना दलालमार्फत् हिस्सेदारी गर्छन् ।

    १८४८ फेबु्रअरीमा प्रकाशित कम्युनिस्ट घोषणापत्र, १९०५ को रुसको असफल क्रान्ति, १९१७ अक्टोबरको समाजवादी क्रान्ति मात्रै पथप्रदर्शक राजनीति थिए । तिनीहरू समाजवादी क्रान्तिका गोरेटा थिए । लेनिनले यदि उद्योगधन्दाको विकास राम्ररी भइनसकेको देशमा पुँजीपतिले आफ्नो नेतृत्वमा पुँजीवादी क्रान्तिको अगुवाइ गर्न लागे भने कम्युनिस्टहरू चुप लागेर हेरेको हेर्यै गर्नुको सट्टा आफ्नो नेतृत्वमा क्रान्तिको विजयका लागि लाग्नुपर्छ भन्नेसम्म मात्रको क्रान्तिकारी गोरेटो थियो ।

    चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओसेत्तुङले आफ्नै अध्ययन र अनुभवबाट कम्युनिस्ट पार्टीले नयाँ जनवादी क्रान्तिको नेतृत्व अनिवार्य रूपमा गर्नैपर्छ किनभने उद्योगधन्दाको विकास गरेर राष्ट्रिय पुँजीको विकास गर्ने कामको लफेडामा साम्राज्यवादी शक्तिहरूले कम विकसित देशका साधनश्रोतको उपयोग आफ्ना दलालमार्फत् हिस्सेदारी गर्छन् । त्यसकारण सर्वहारा वर्गको नेतृत्व र जनवादी अधिनायकत्वमा कम्युनिस्ट पार्टीले पुँजीवादी क्रान्ति सम्पन्न गर्नुपर्छ र राष्ट्रिय पुँजीपतिसम्म पनि मित्रशक्ति हुन्छन् । त्यसैलाई नयाँ जनवाद नामको पुँजीवादी क्रान्ति, जुन विश्व कम्युनिस्ट आन्दोलनको एकाईका रूपमा सम्पन्न गर्नुपर्ने भन्ने नयाँ अवधारणासहित पुँजीवादी क्रान्तिको सफल नेतृत्व गरेका थिए । उद्योगधन्दाको विकास सँगसँगै सर्वहारा वर्ग, जुन समाजवादी क्रान्तिको तत्त्व हो, तब विकास हुन्छ र मात्रै समाजवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने पनि माओत्सेतुङको विश्लेषण थियो । अन्तर्राष्ट्रिय क्रान्तिको एकाइ भए पनि राष्ट्रिय मुक्तियुद्धका रूपमा क्रान्ति सम्पन्न गर्नुपर्ने नयाँ जनवादी क्रान्तिको अवधारणा थियो । त्यही सिद्धान्तको आधारमा अनुशासित र मिलिट्यान्ट कम्युनिस्ट पार्टीको अनुवाइमा संयुक्तमोर्चा र जनसेना तीनओटै अङ्गको विकास गरेर नयाँ जनवादी क्रान्तिको सफल नेतृत्व माओत्सेतुङले गरेका थिए ।

    चिनियाँ कम्युनिस्ट पार्टीले सन् १९४९ मा सत्ता कब्जा गरेको थियो । किसान, मजदुर र अन्य श्रमजीवी जनता उत्साहित भएका थिए तर पार्टीको केन्द्रमा रहेका अवसरवादी नेताहरूले सर्वहारा विश्व दृष्टिकोणको विकास गर्न सकेका थिएनन् । क्रान्ति सम्पन्न गर्ने समयमा पार्टीमा तीन किसिमका पार्टीसदस्य थिए । पहिलो समाजवाद र साम्यवाद स्थापना गर्न कटिबद्ध रहेका पार्टीसदस्य थिए । त्यति मात्रै नभएर तेस्रो थरी जनतालाई बढी अधिकार दिलाएर व्यवस्था त्यही कायम भए पनि हुन्छ भन्ने पनि कम्युनिस्ट पार्टीका सदस्य थिए । नेतृत्वको विश्वास र सर्वसाधारण श्रमजीवी किसान–मजदुरको साथ र सहयोगले राज्यसत्ता कब्जा भएर जनताको हातमा सत्ता आएपछि पछिल्ला दुई थरी विचार भएका अवसरवादी एक भए र पहिलो दर्जाका क्रान्तिकारी आफै अल्पमतमा परे । १९५६ देखि नै सत्ताको किचलो र प्रतिक्रान्तिको खेल सुरु भयो । माओत्सेतुङको सही नेतृत्वका कारण सर्वसाधारण जनता र जनवर्गीय सङ्गठनका कारण क्रान्तिकारी सत्ता कायम रहेको अवस्था थियो ।

    १९६६ देखि माओकै नेतृत्व र निर्देशनमा “केन्द्रमा बम बसाऊ” भन्दै महान् सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन भयो । यो आन्दोलन सत्ताको केन्द्रमा रहेका र पुँजीवादी बाटो लिएका अवसरवादीलाई सत्ताबाट हटाएर युवा क्रान्तिकारीले सत्ता कब्जा गर्ने र समाजवादको कार्यक्रमलाई निरन्तर अगाडि बढाउन गरिएको क्रान्ति थियो । यो क्रान्ति सत्ताकब्जा गर्न गरिएको क्रान्तिभन्दा कुनै मानेमा पनि कम थिएन, झनै अप्ठेरो क्रान्ति थियो । समाजमा आमूल परिवर्तन गर्ने काम सत्ताकब्जा गरेपछि गर्ने भए पनि अथवा जनताको मुक्तिको काम जनताको राज्यसत्ता सुरु भएपछि सुरु हुने भए पनि कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता पहिल्यै मुक्त भएको हुनपर्नेमा त्यसैको कमी भएकाले सत्तासिन अवसरवादीलाई सत्ताच्यूत गर्ने र सत्ताबाहिर रहेका क्रािन्तकारीलाई सत्तासिन बनाएर प्रतिक्रान्ति रोक्ने भिषण सङ्घर्ष दस वर्षसम्म सञ्चालन भएको थियो । महान् सर्वहारा सांस्कृतिक क्रान्ति, जुन आफ्नै सत्ता आफैले सत्ता आफैले अड्याएर समाजमा आमूल परिवर्तनको तरिकाबाट समाजवादले उकालो चढ्ने खुटकिलो थियो ।

    चिनियाँ कम्युनिस्ट पार्टीमा प्रतिगमन भएको आधा शताब्दी पुग्नै लागेको छ । विश्वका अरू पनि कम्युनिस्ट पार्टीले टुटफुट र सङ्कुचन ब्यहोरिरहेका छन् तर पनि हामीले कम्युनिस्ट आन्दोलनको विकास सत्ताकब्जा र समाजवादी राज्यसत्ताअन्तर्गतको वर्गसङ्घर्ष र वर्गविहीन, शोषणविहीन समाज निर्माणको सपना देख्न छाडेका छैनौँ ।

    चिनियाँ कम्युनिस्ट पार्टीमा प्रतिगमन भएको आधा शताब्दी पुग्नै लागेको छ । विश्वका अरू पनि कम्युनिस्ट पार्टीले टुटफुट र सङ्कुचन ब्यहोरिरहेका छन् तर पनि हामीले कम्युनिस्ट आन्दोलनको विकास सत्ताकब्जा र समाजवादी राज्यसत्ताअन्तर्गतको वर्गसङ्घर्ष र वर्गविहीन, शोषणविहीन समाज निर्माणको सपना देख्न छाडेका छैनौँ । अबको नयाँ जनवादी व्यवस्था चिनीयाँ कम्युनिस्ट पार्टीको हुबहु नक्कल गरेर आउने गर्छन् तर पनि त्यसका निम्नतम मूल्य र मान्यता अवश्य पनि ग्रहण गर्नुपर्ने छ । त्यो गोरेटोलाई आधार बनाएर उच्च स्तरको फराकिलो बाटो बनाउन इतिहासले हामीलाई जिम्मा लगाएको हुनाले प्रतिबद्ध भएर काम गर्नैपर्ने छ । त्यसो नगर्ने हो भने भावी पुस्ताले हामीलाई कलङ्क लगाउने छ र आफूले पूरा गर्ने छ ।

    राजनीतिक क्रान्तिको मात्रात्मक परिवर्तनलाई गुणात्मक परिवर्तनको नापो स्केलले नापेर गर्न सकिन्न । राजनीतिक क्रान्ति दुई वर्षभित्रै सम्पन्न हुन पनि सक्छ र दुई सय वर्षको अवधि पनि लिन सक्छ । वर्ग रहेसम्म वर्गीय दृष्टिकोण विकास हुँदै जान्छ । त्यसले सङ्गठित शक्ति प्रदर्सन गर्ने प्रेरणा दिइरहन्छ, महसुस गराइरहन्छ । यो कुनै व्यक्तिविशेषले आकास पाताल जोड्ने जस्तो क्रान्तिको ठेक्का लिने जस्तो कुरा होइन । आफूले आफ्नोतर्फबाट योगदान थप्ने र त्यो योगदान सङ्गठनको मातहत हुनु अहिलेको आवश्यकता हो । चिनियाँ कम्युनिस्ट पार्टीले ब्यहोरेका आरोह–अवरोहको स्मरण गर्दा लाग्छ, क्रान्तिकारी नेतृत्वको विकास परिस्थिति मातहत व्यक्तिले समर्पण भावले जिम्मा पूरा गर्दै जानुपर्छ । छोटो समयको परीक्षण कालले स्थापित नेतृत्व हुन सक्दैन । जीवनभर गर्ने काम र प्रत्यक्ष ज्ञानको अनुभवले महत्त्वपूर्ण नेतृत्व विकास गराउँदै लैजान्छ । हामीले चिनियाँ कम्युनिस्ट पार्टीले ३० वर्षमा नै सत्ता प्राप्त गरेको कुरा मात्र गरेर पुग्दैन, आन्दोलन दिसाविहीन बनेको कठिन अवस्थामा नेतृत्वको जिम्मा लगाएको र सत्तासिन पार्टीले प्रतिगमनबाट जोगाउन गरेको निर्मम सङ्घर्षतिर पनि ध्यान दिनुपर्छ । काँधमा काँध मिलाएर आपसी मेल, सहयोग, सद्भाव र शीर्षस्थ नेतृत्वको स्थान ग्रहण खलबलिए पनि चिनियाँ कम्युनिस्ट पार्टीले हामीलाई ज्ञान दिएको छ ।

    नेतृत्वको पुस्तान्तरण ज्यादै कठिन, जटिल र ज्यादै महत्त्वको विषय हो ।

    नेतृत्वको पुस्तान्तरण ज्यादै कठिन, जटिल र ज्यादै महत्त्वको विषय हो । २७ वर्ष शासक भएको पार्टींका नेताको अभावमा एक महिनाभित्रै प्रतिगमन ब्यहोरेको इतिहासले क्रान्तिकारीहरूीलाई अवश्य झस्काउँछ, साथै आफ्नो स्थानको मूल्याङ्कन आफैले वस्तुगत धरातलमा अडिएर गर्नसमेत सुझाव दिन्छ । १९३५ को जनवरीमा जिम्मा पाएको नेतृत्वबाट ४२ वर्षसम्म सबै राजनैतिक मुद्दाहरू क्रान्तिकारी ढङ्गले सम्पन्न हुने तर त्यही नेतृत्वको अभावमा क्रान्तिकारी जिम्मा एक महिनाभन्दा बढी समयसम्म पनि चल्न नसकेको इतिहासले नेतृत्वको महत्त्व कति धेरै हुने रहेछ ? त्यो स्पष्ट हुन्छ ।

    शनिबार, साउन १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.