खिमराज चालिसे, चंडिगढ।
मूलप्रवाह अखिल भारत नेपाली एकता समाज कुरुक्षेत्र नगर समिति अन्तर्गत थानेसरमा एरिया समिति गठन भएको छ । नगर अध्यक्ष यकदेव गौतम र सदस्य हिराबहादुर गुरुङको विषेश पहलमा एरिया समिति गठन भएको हो ।
Advertisement
समितिको अध्यक्षमा बब्लु ठकुरी, सचिव मीनू राना, कोषाध्यक्षमा सूरज नेपाल रहनुभएको छ । सदस्यहरुमा प्रेम विक, कमल ढकाल, रामबहादुर थापा, रमेश हुनुहुन्छ भने हाललाई दुई स्थान रिक्त राखिएको छ।
केन्द्रीय सल्लाहकार प्रेम आचार्यले मूलप्रवाहको विधान, घोषणा पत्र, राष्ट्रघाती नागरिकता विधेयक, संघीयता लगायत समसामयिक बिषयमा प्रशिक्षण तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
नवनिर्वाचित समितिलाई नगर अध्यक्ष यकदेव गौतम, सचिव ज्योति गुरुङ, र उपाध्यक्ष हीराबहादुर गुरुङ लगाएतले शुभकामना दिनुभएको थियो ।

