बुटवल । रक्तिम सांस्कृतिक अभियानको तेस्रो राष्ट्रिय भेला यही साउन १६ गतेदेखि बुटवलमा हुने भएको छ ।
अभियानका अध्यक्ष रेम रानाका अनुसार भेलाको तयारी पुरा भएको छ । भेलाको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुहुने छ ।
भेलाले रक्तिमले सर्वहारावर्गीय कला साहित्य मार्फत जनतालाई सुसुचित गर्दै आइरहेको परम्परालाई निरन्तरता दिलाउन थप मद्दत पुग्ने अध्यक्ष रानाले बताउनुभयो ।
रक्तिमको इतिहासमा विगतमा देखिँदै आएका गलत प्रवृत्तिहरुको अन्त्य गर्दै अभियानको गौरवमय परम्परालाई अक्षुण्ण राख्न र सर्वहारावर्गीय सांस्कृतिक आन्दोलनको दिशामा अग्रसर हुनका लागि यो राष्ट्रिय भेला कोशेढुंगा सावित हुने अभियानका अध्यक्ष रानाको विश्वास छ ।
महासचिव शाहीको स्वास्थ्य अवस्था सुधारन्मोख
यसैबीच, उच्च रक्तचाप भएपछि अस्पताल भर्ना भएका रक्तिम सांस्कृतिक अभियानका महासचिव जीवन शाहीको स्वास्थ्य अवस्थामा सुधार आएको छ । उच्च रक्तचाप भएका महासचिव शाहीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आउन थालेको उहाँको उपचारमा संग्लग्न चिकित्सक डा. चन्द्र महतोले जानकारी दिनुभयो ।
पुरानै अवस्थामा फर्किन केही समय लाग्ने भएता पनि उहाँको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको कौशल्या मेमोरियल अस्पताल बाँकेका चिकित्सिक डा. अर्जुन महतोले बताउनुभयो ।