• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नागरिकता विधेयक खारेजीको माग गर्दै मेघालयदेखि जम्मुकश्मीरसम्म गर्जिए नेपाली


  •   बिहिबार, साउन १२, २०७९ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    भारतका विभिन्न शहरमा रोजगारीको शिलशिलामा बस्दै आएका प्रवासी नेपालीहरुले राष्ट्रघाती नागरिकता विधेयक खारेजीको माग गर्दै भारतव्यापी विरोध सभा गरेका छन् ।

    Advertisement

    भारतस्थित नेपाली मजदुरहरुको बिचमा अभिभावकीय भूमिका निभाउँदै आइरहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ‘नागरिकता विधेयक खारेज गर’ भन्ने मूल नाराका साथ विरोध सभाहरु सम्पन्न गरेको हो ।

    जम्मुकश्मीर


    नागरिकता विधेयकविरुद्ध जम्मुकश्मीर राज्यको जम्मुमा पनि विरोध सभा सम्पन्न भएको मूल प्रवाहका केन्द्रीय सदस्य कुल बहादुर बगालेले जानकारी दिनुभयो ।। मूल प्रवाहका केन्द्रीय सदस्य रामबहादुर गुरुङले सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभाबाट पारित संशोधित राष्ट्रघाती नागरिकता विधेयक खारेजीको माग गर्नुभयो ।

    कुरुक्षेत्र


    मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिद्वारा सञ्चालित कुरुक्षेत्र नगर समितिको आयोजनामा पनि विरोध कार्यक्रम सम्पन्न भएको छ ।

    केन्द्रीय सल्लाहकार प्रेम आचार्य र नगर उपाध्यक्ष हिरा बहादुर गुरुङले संशोधित राष्ट्रघाती नागरिकता विधेयकको विषयमा चर्चा गर्नु भएको थियो ।

    एकदेव गौतमको अध्यक्षतामा तथा दुर्गा सोमैको सञ्चालनबाट अघि बढेको कार्यक्रममा ज्योती गुरुङले स्वागत गर्नुभएको थियो ।

    नागालौंड
    मूल प्रवाह पूर्वोत्तर क्षेत्रीय समितिद्वारा सञ्चालित नागालौंडको कोहिमा नगर समितिको आयोजनामा राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध विरोध सभा सम्पन्न भएको छ । उक्त सभामा केन्द्रीय सदस्य गम बहादुर सुनारले राष्ट्रघाती नागरिकता विधेयक देशको हितमा नभएको बताउनुभयो ।

    कार्यक्रम भिम श्रेष्ठको अध्यक्षतामा तथा खिमराजको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत पारस परियारले गर्नुभएको थियो ।

    मेघालय


    मूल प्रवाह पूर्वोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित मेघालय स्थित जोवाइ नगर समितिको आयोजनामा राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध विरोध सभा सम्पन्न भएको छ ।

    केन्द्रीय सल्लाहकार अमित केसीले नागरिकता विधेयक खारेजीको विकल्प नरहेको बताउनुभयो । थानेश्वर पाण्डेको अध्यक्षता, अर्जुन खनालको सञ्चालन तथा स्वागत अनन्त भुसालले गर्नु भएको हो ।

    लाडरुम्वाई


    मूल प्रवाह पूर्वोत्तर क्षेत्रीय समितिद्वारा सञ्चालित लाडरुम्वाई नगर समितिको आयोजनामा विरोध सभा सम्पन्न भएको छ । क्षेत्रीय समितिका मोहन ठकुरीले नागरिकता विधेयकले नेपालमा गम्भीर संकट निम्त्याउने बताउनु भयो ।
    गोजमान आलेको अध्यक्षतामा तथा हरि केसीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

    मेरठ
    मूल प्रवाह पश्चिमोत्तर क्षेत्रीय समितिद्वारा सञ्चालित मेरठ नगर समितिको आयोजनामा विरोध सभा सम्पन्न भएको छ । नागरिकता विधेयक विरुद्वको कार्यक्रम नगर अध्यक्ष जीवन शर्माको नेतृत्वमा बिष्णु, नारायण, कमल, माया लामा, तिलक केसी, राजु सुनार, सुरेश रावल लगाएतका कार्यक्रताहरुको सक्रियतामा सम्पन्न भएको हो ।

    पटियाला


    नागरिकता विधेयक खारेजीको माग गर्दै पटियालामा पनि विरोध कार्यक्रम सम्पन्न भएको छ । मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिद्वारा सञ्चालित पटियाला नगर समितिको आयोजनामा भएको कार्यक्रममा मूल प्रवाह केन्द्रीय सदस्य तिलक पौड्यालले संशोधित राष्ट्रघाती नागरिकता विधेयकले नेपाल फिजी बनाउने बताउनु भयो ।

    बिष्णु रेग्मी, शिव कुमार सुनार, प्रविन रेग्मी, अमव लामाले पनि सम्बोधन गर्नुभएको थियो । बिष्णु भुसालको अध्यक्षतामा तथा गोपाल सापकोटाको सञ्चालनमा सम्पन्न भएको हो।

    संगरुर
    मूल प्रवाह संगरुर नगर समितिको आयोजनामा नागरिकता विधेयक विरुद्ध सभा सम्पन्न भएको छ । महिला विभाग संयोजक लक्ष्मी पाण्डे, नगर सदस्य लिलाराम पाण्डे, राम प्रसाद खनाल, रोमा भुसाल, सरिता शर्माले नागरिकता विधेयक खारेजीको माग गर्नुभयो ।

    खेमराज पोख्रेलको अध्यक्षता, राजु खनालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रमको स्वागत सरिता भुसालले गर्नुभएको हो ।

    हिमांचल


    नागरिकता विधेयक विरुद्ध विरोध कार्यक्रम हिमांचल राज्यको सोलनमा पनि सम्पन्न भएको छ।

    केन्द्रीय सदस्य एंव राज्य समितिका अध्यक्ष सोवाखर पन्थ, राज्य समितिका सचिव भुवन केसीले नागरिकता विधेयक खारेजीको माग राख्नुभएको थियो ।

    मनबहादुर महरको अध्यक्षता, ठाकुर पन्तको सञ्चालन तथा स्वागत रामबहादुर बुढाले गर्नुभएको थियो ।

    बिहिबार, साउन १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.