• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

नागरिकता विधेयक खारेजीको माग गर्दै भारतका ठाउँ–ठाउँमा मूल प्रवाहको विरोध सभा


  •   बुधबार, साउन ११, २०७९ मा प्रकाशित
  • खिमराज चालिसे, धर्मराज शर्मा, तिलक राना, लोकेन्द्र पौडेल (भारत) ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतका विभिन्न ठाउँमा राष्ट्रघाती नागरिकता विधेयक खारेजीको माग गर्दै विरोध सभा सम्पन्न गरेको छ ।

    Advertisement

    एकता समाजले ‘नागरिकता विधेयक खारेज गर’ भन्ने मूल नाराका साथ भारतब्यापी रुपमा विरोध कार्यक्रम गरेको हो

    चंडिगढ
    मूलप्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिद्वारा संचालित चंडिगढ नगर समितिको आयोजनामा चंडिगढमा विरोध कार्यक्रम सम्पन्न भएको छ ।

    मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सदस्य एवम् नेपाली समाचार संयोजक खिमराज चालिसे, सुदूरपश्चिमोत्तर क्षेत्रिय सल्लाहकार जुना चालिसे, रक्तिम केन्द्रीय विभाग सदस्य एवम् क्षेत्रीय सदस्य बिनु नेपाली, विद्यार्थी विभागका केन्द्रीय सदस्य विष्णु बेल्बासे, जनजाति विभागका थमन थापा, महिला नगर संयोजक माया आचार्य, रक्तिम नगरका अर्जुन विक, विद्यार्थी नगरका राम पन्थी लगायतका नेताहरुले राष्ट्रघाती नागरिकता विधेयकले देशको सार्वभौमिकता र अखण्डतामाथि गम्भीर खतरा भएको बताउनु भयो ।

    मानबहादुर केसीको अध्यक्षतामा तथा तेज बहादुर रोकाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत किसन खनालले गर्नुभएको थियो ।

    रोपड


    नागरिकता विधेयक विरुद्ध रोपडमा पनि विरोध कार्यक्रम सम्पन्न भएको छ। मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिद्वारा संचालित रोपड नगर समितिको आयोजनामा भएको कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सचिव प्रेम सापकोटाले राष्ट्रघाती नागरिकता विधेयकले राष्ट्रियता गुम्ने गम्भीर खतरा भएको बताउनु भयो ।

    त्यस्तै, क्षेत्रीय सदस्य बिलबहादुर गुरुङ, महिला क्षेत्रीय संयोजक सिता सापकोटा, खगी थापा, दयाराम लामिछाने, राष्ट्रिय जनमोर्चाकी लक्ष्मी सापकोटा प्रजापती र लाल बहादुर लगाएत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।  कार्यक्रमको अध्यक्षता ओमप्रकाश सापकोटाले गर्नुभएको थियो भने मदन थापाले सञ्चालन गर्नुभएको थियो ।

    लुधियाना


    मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिद्वारा सञ्चालित लुधियाना नगर समितिले पनि नागरिकता विधेयक विरुद्व विरोध सभा गरेको छ ।

    विरोध कार्यक्रममा मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्दले देशका राजनैतिक दलहरुको अदुरदर्शीताका कारण देश फेरि दुर्घटनातिर गई रहेको बताउनु भयो । उहाँले राष्ट्रघाती नागरिकता विधेयक खारेजीको विकल्प नरहेको बताउनु भयो ।
    त्यस्तै, क्षेत्रीय सदस्य उदय सिंह चन्द र नर बहादुर बिक लगाएतले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रम बलबहादुर केसीको अध्यक्षतामा तथा मानबहादुर आलेको सञ्चालनमा सम्पन्न भएको हो।

    श्रीगंगानगर


    मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिद्वारा संचालित श्रीगंगानगर नगर समितिको आयोजनामा पनि नागरिकता विधेयक विरुद्व विरोध सभा सम्पन्न भएको छ ।

    कार्यक्रममा मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालले राष्ट्रघाती नागरिकता विधेयकले देशको राष्ट्रिय पहिचानसम्म गुम्ने गम्भीर खतरा रहेको बताउनु भयो ।

    त्यस्तै, मूल प्रवाह केन्द्रीय सचिव त्रिभुवन भट्टराई, केन्द्रीय सदस्य कृष्ण जिसी, नगर समितिका विष्णु थापा, कमल खडका लगाएतले पनि सम्बोधन गर्नुभएको थियो ।

    बसन्ता नेपालीको अध्यक्षतामा तथा रेशम भण्डारीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत भाषण सुनिता भट्टराईले गर्नुभएको थियो ।

     हैदराबाद

    एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा विरोध सभा सम्पन्न भएको छ । कार्यक्रममा एकता समाजका केन्द्रीय सदस्य कृष्णबहादुर थापाले देशमा राष्ट्रघाती विधेयक संसदद्वारा पारित गरिएकोप्रति आपति जनाउनु भयो । उहाँले यस प्रकारको खुकुलो नागरिकता विधेयक लागू गर्ने हो भने नेपाली जनता अल्पमतमा पर्ने सम्भावना रहेको भन्दै देश फिजिकरण हुने बताउनु भयो ।

    नेता थापाले भन्नुभयो– ‘देशमा रहेका ठूला दलहरूले विदेशिको आडमा आफ्नो कुर्सी बचाउने चलखेल भै रहेको राष्ट्रघाती नागरिकता विधेयककाविरुद्ध भारत स्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज एक्यवद्धता प्रकट गर्दै राष्ट्रघाती नागरिकता विधेयक खारेजको माग गर्दछौं ।’

    त्यस्तै, मूल प्रवाह दक्षिण हैदराबाद नगर समितिका अध्यक्ष वीरबहादुर विक, मध्य हैदराबाद नगर समितिका कोषाध्यक्ष राजुदुलाल, सदस्य विकास परियार, सम्झना दुलाल, इस्वरा पौडेल, थानबहादुर क्षेत्री, महिला क्षेत्रीय विभागकी गुमा राना र सिकन्द्रबाद एरिया समितिका भानु बिसीले पनि समबोधन गर्दै राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध एक्यवद्धता जाहेर गर्नु भएको थियो ।

    रामप्रसाद पौडेलको अध्यक्षता तथा तिलक रानाको सञ्चालन गर्नु भएको कार्यक्रममा स्वागत भाषण कुमार थापाले गर्नुभएको थियो ।

    केरला


    यही श्रावण ७ गते राष्ट्रघाती नागरिकता विधेयक प्रतिनिधि सभाद्वारा पारित गरेको भन्दै मूल प्रवाह केरला नगर समितिले विरोध सभा सम्पन्न गरेको छ । ‘राष्ट्रघाती नागरिकता विधेयक खारेज गर’ भन्ने मूल नारा अन्तर्गत मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्याम नगर समितिले विरोध सभा सम्पन्न गरेको हो ।

    राष्ट्रघाती नागरिकता विधेयक नेपाल र नेपालीहरुको हितमा नभएर विदेशी प्रतिकृयावादीहरुको चलखेलमा भित्र्याइएको र नेपाललाई फिजी बनाउने तर्फ लगिएको भन्दै वक्ताहरुले विरोध जनाउनु भयो । कार्यक्रममा केन्द्रीय सदस्य चोवनाथ शर्मा र क्षेत्रीय सहसचिव तथा नगर समितिका अध्यक्ष धर्मराज शर्मा, महिला विभागकी लक्ष्मी पौडेलले मन्तव्य राख्नुभएको थियो ।

    एकराज पौडेलको सञ्चालन र अध्यक्ष धर्मराज शर्माको अध्यक्षताबाट अगाडि बढेको विरोध सभामा हरिप्रसाद पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।

    चेन्नै पूर्व


    मूल प्रवाह दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नै पूर्व नगर समितिको आयोजना विरोध कार्यक्रम सम्पन्न भएको छ ।

    क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर थापाले राष्ट्रघाती नागरिकता विधेयकको बारेमा प्रस्ट पार्नुभएको थियो । त्यस्तै, क्षेत्रीय समितिका वैकल्पिक सदस्य तथा नगर कोषाध्यक्ष सूर्य भुषाल, नगर समितिबाट लोकप्रसाद पराजुली, बाबुराम सापकोटा, चेम्मनचेरी एरिया सदस्य प्रथमबहादुर क्षेत्रीले सम्बोधन गर्नुभएको थियो ।

    नगर सचिव टिका थापाको सञ्चालनबाट अघि बढेको कार्यक्रम नगर अध्यक्ष लक्ष्मण चालिसेको अध्यक्षता तथा सञ्चालन लोकप्रसाद पराजुलीले गर्नुभएको थियो ।

    हिसार


    मूलप्रवाह सुदूर पश्चीमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित हिसार नगर समितिको आयोजनामा राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध सभा सम्पन्न भएको छ । उक्त सभालाई मूलप्रवाहका केन्द्रीय बैकल्पिक सदस्य तारा सोमरेले राष्ट्रघाती नागरिकता विधेयक खारेजीको लागी प्रवासबाट समेत आन्दोलन र दबाब दिनु पर्ने बताउनु भयो ।

    केन्द्रीय परिषद सदस्य केयरसिंह घर्तीमगर, महिला विभागकि सिता पोख्रेल, नगर समितिका हुमाकान्त अधिकारी, कमला बगाले, शुरेस क्षेत्री लगाएतले सम्बोधन गर्नुभएको थिाये ।

    बाबुराम पोख्रेलको अध्यक्षता, बिष्णु गौतमको सञ्चालन तथा स्वागत ओमप्रकास तिवारीले गर्नुभएको थियो ।

    जालन्धर


    मूलप्रवाह सुदूर पश्चीमोत्तर क्षेत्रीय समिति धारा सञ्चालित जालन्धर नगर समितिको आयोजनामा विरोध सभा सम्पन्न भएको छ।

    मूलप्रवाह केन्द्रीय सदस्य कुल बहादुर बगाले , बैकल्पिक सदस्य धन बहादुर गोर्खाली, परिषद सदस्य शुष्मा खड्का र जमुना गाहा, नगर समितीका लक्ष्मण केसी, माधव खनाल, मधुकर भण्डारी, मीना बगाले, लक्ष्मी थापाले राष्ट्रघाती नागरिकता विधेयक नेपाल र नेपालीहरुको हितमा नरहेको भन्दै खारेजीको माग गर्नुभयो ।

    जितमान थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तिलबहादुर थापाले गर्नुभएको थियो भने लक्ष्मण खड्काले गर्नुभएको हो ।

    चेन्नै उत्तर


    एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नै उत्तर गगर समितिको आयोजनामा विरोध सभा सम्पन्न भएको छ।

    नगर अध्यक्ष गोपाल विकको अध्यक्षता र तेजेन्द्र पुनको सञ्चालनमा अघिबढेको कार्यक्रममा केन्द्रीय महासचिव कुलबहादुर थापा र दक्षिण भारत क्षेत्रीय समितिका सदस्य काशीराम शर्माले सम्बोधन गर्नुभएको थियो । नगर समितिका तिलबहादुर विकले स्वागत गर्नुभएको थियो ।

    नवाशहर

    मूलप्रवाह सुदूर पश्चीमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित नवाशहर नगर समितिको आयोजनामा पनि विरोध सभा सम्पन्न भएको छ ।

    सभालाई मूलप्रवाहका केन्द्रीय नेता दुर्गाबहादुर केसीले सम्वोधन गर्दै संसोधित राष्ट्रघाती नागरिकता विधेयकले देशको राष्ट्रिय पहिचान समेत गुम्ने बताउनु भयो । केन्द्रीय परिषद सदस्य छबिलाल सापकोटा, क्षेत्रीय महिला विभागका शान्ता शर्माले पनि सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रम तुलबहादुर रसाईलीको अध्यक्षतामा तथा युद्धबहादुर विकको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत गंगादेवी रसाईलीले गर्नुभएको थियो ।

    बुधबार, साउन ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.