• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राष्ट्रिय सभाले नागरिकता विधेयक फिर्ता गरोस् : मनोज भट्ट


  •   सोमबार, साउन ०९, २०७९ मा प्रकाशित
  • पोखरा । राष्ट्रिय जनमोर्चाक महासचिव मनोज भट्टले राष्ट्रिय सभाले नागरिकता विधेयक फिर्ता गर्ने अपेक्षा गर्नुभएको छ ।

    Advertisement

    सोमबार नागरिकता विधेयकविरुद्ध राजमो कास्कीले आयोजना गरेको विरोध सभालाई पोखरामा सम्बोधन गर्दै नेता भट्टले २०५६ सालमा प्रतिनिधि सभाले पारित गरेको विधेयक राष्ट्रिय सभाले फिर्ता गरेको स्मरण गर्नुभयो ।

    प्रतिनिधि सभाले पास गरेको नागरिकता विधेयक ऐन बन्न अझ केही प्रक्रिया बाँकी रहेकाले यसलाई अहिले नै रोक्नुपर्ने भट्टले बताउनुभयो ।

    नागरिकता विधेयक खारेजीको माग गर्दै पोखराको जिरो किलोमिटरदेखि नारा जुलुससहित सिर्जना चोकमा कोण सम्पन्न भएको थियो । सभाको सञ्चालन सोमनाथ अधिकारीले गर्नुभएको थियो भने महासचिव भट्ट र राजमो गण्डकीका अध्यक्ष शंकर बरालले सम्बोधन गर्नुभएको थियो ।

    यस्तो छ, महासचिव भट्टले गरेको सम्बोधनको अंश
    राष्ट्रिय जनमोर्चाले नागरिकता विधेयकका विरुद्ध देशव्यापी विरोध कार्यक्रम गरिरहेको छ । प्रतिनिधिसभाले नागरिकता विधेयक सम्बन्धी संशोधन पारित गरेको छ । नागरिकता सम्बन्धी विधेयक पारित गरेका कारणले यो कानुन बन्ने प्रक्रियामा छ । तर कानुन बन्न अझै केही प्रक्रियाहरू बाँकी रहेका छन् । राष्ट्रियसभामा यो विधेयकमाथि छलफल हुन्छ । राष्ट्रिय सभाले चाह्यो भने प्रतिनिधिसभाले पारित गरेको कानुनलाई उसले फिर्ता पठाउन सक्छ । र प्रतिनिधिसभाले यसलाई अघि नबढाउन पनि सक्छ ।

    हामीले २०५६ सालमा हेर्यौं भने त्यो बेलामा पनि प्रतिनिधि सभाले पारित गरेको नागरिकतासम्बन्धी कानुनलाई राष्ट्रिय सभाले फिर्ता पठायो । अहिले पनि प्रतिनिधिसभाबाट पारित भएको हुनाले कानुन बनिसकेको छैन । अझै पनि राष्ट्रिय सभाले त्यसमाथि पुनर्विचार गरेर वा प्रतिनिधि सभामा फिर्ता पठाउन सक्छ । हामीले प्रतिनिधि भामा फिर्ता पठाओस् भनेर जोडदार माग गरिरहेका छौं । नागरिकता सम्बन्धी कानुन जुन पारित भएको छ, जनताको पहलमा त्यस्ता खालका राष्ट्रघाती ऐन खारेज गर्नुपर्छ ।

    नेपालको जनसंख्या अहिले पनि तीन करोड छ । तर आश्चर्यको कुरा के हो भने नेपालमा भारतीय नागरिक करिब ६० लाखले नेपालको नागरिकता लिइसकेका छन् । यो हामीले भनेका छैनौं भारतले जारी गरेको तथ्याङ्कको आधारमा भनिएको छ । २०३६ सालमा भारतको गृहमन्त्रालयले एउटा तथ्यांक सार्वजनिक गर्यो । त्यो तथ्यांकमा भन्छ भारतका नागरिकहरू संसारभरका ११० मुलुकमा बसोबास गरिरहेका छन् ।

    अहिले ११० मुलुकमा भारतीयहरु फैलिएका छन् । र कतिपय मुलुकहरुमा उनीहरु बहुमतमा गएका छन् । फिजीमा उनीहरू बहुमतमा छन् । श्रीलंकामा पनि उनीहरूको दह्रो उपस्थिति छ । दक्षिण अफ्रिकाको कैयौँ मुलुकहरुमा उनीहरूको बहुमत छ । क्यानाडामा बहुमतमा पुगेका छन् । उत्तर अमेरिकाका कैयौं मुलुकमा उनीहरू बहुमतमा पुगेका छन्। करिब दुई करोड भारतीयहरु ११० मुलुकमा फैलिएका छन् । तर सबैभन्दा बढी भारतीयहरुले नेपालमा नागरिकता लिइरहेका छन् ।

    २०६३ सालमा करिब २३ लाख भारतीयहरुले नेपालमा नागरिकता लिइसकेका थिए । त्यसपछि गएर जितेन्द्र देवको आयोग बन्यो । जितेन्द्र देवको आयोगले ४३ लाखलाई नागरिकता दिने भनेर योजना बनायो । ४३ लाखलाई त नागरिकता बाँड्न सकेन तर एक हप्ताभित्र ३३ हजारलाई नागरिकता बाँडे । ती नागरिकता भारतीयलाई बाँडिएको थियो । पछि सर्वोच्च अदालतले ती नागरिकतालाई खारेज गरिदियो ।

    सोमबार, साउन ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.