• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

कतारका नेपालीको चेतावनी : नागरिकता विधेयक पास भए फिजी र सिक्किमको नियति भोग्नुपर्छ


  •   शुक्रबार, साउन ०६, २०७९ मा प्रकाशित
  • रामप्रसाद पराजुली, कतार ।
    कतार नेपाली एकता समाजले नागरिकता विधेयक फिर्ता गर्न सरकारसँग माग गरेको छ । कतारबाट सरकारलाई ज्ञापन पत्र पठाउँदै एकता समाजले नागरिकता विधेयक पास भए नेपालले फिजी र सिक्किमको नियती भोग्नुपर्ने चेतावनी दिएको छ ।

    Advertisement

    कतारस्थित नेपाली राजदूत डा. नरेश विक्रम ढकालमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाएको ज्ञापन पत्रमा एकता समाजले जन्मका आधारमा प्राप्त नागरिकता सर्वोच्च अदालतले खारेज गर्न दिएको आदेश कार्यान्वयन गर्न माग गरेको छ ।

    नेपालमा कीर्ते नागरिकता आम रुपमा चलनचल्तीमा रहेको उल्लेख गर्दै समाजले ती नागरिकता छानबिन गरी खारेज गर्नुपर्नेमा सरकारले उल्टै खुकुलो नीति ल्याएर जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई बंशजको नागरिकता दिन खोजेको जनाएको छ ।

    समाजले ज्ञापन पत्रमा भनेको छ, ‘यदि यी नागरिकताहरु ठीक ढंगले जाँचबुझ नगर्ने र वर्तमान विधेयक पारित गरी कानूनद्वारा सदर गर्ने हो भने लाखौं लाख विदेशीहरुले लिएको नागरिकता सदर हुने र उनका सन्तानले लाखौं लाख थप नागरिकता लिन पाउने छन् । सबै नेपालीका र बिशेष गरी तराईवासी नेपालीहरुका राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारहरु खोसिने छन । बिशेष गरी भारतबाट नेपालमा जनसंख्याको तीव्र अतिक्रमण हुनेछ र नेपालले फिजी र सिक्किमको दुर्दशा भोग्नु पर्नेछ।’

    कतार नेपाली एकता समाजका अध्यक्ष विष्णु थापा क्षेत्री र महासचिव खिमबहादुर बुढाको हस्ताक्षरमा पठाएइको ज्ञापन पत्रका अधिकार सम्पन्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी गैरनेपालीले लिएका नागरिकताका कीर्ते प्रमाणपत्र र सर्वोच्च अदालतले बदर गरेका नागरिकताहरुलाई व्यवहारिक रुपमै रद्द गर्न माग गरिएको छ।

    नेपाली राजदूतसँग अन्तरक्रिया
    कतारसस्थित नेपाली राजदूतावासमा ज्ञापन पत्र बुझाउन गएको एकता समाजको प्रतिनिधिमण्डलले राजदूत डा. नरेश विक्रम ढकालसँग अन्तरक्रियासमेत गरेको । लामो समयसम्म रिक्त रहेको दूतावासमा ढकाल केही दिनअघि मात्र पदबहाली हुनुभएको हो ।

    समाजका अध्यक्ष विष्णु थापा क्षेत्रीको नेतृत्वमा गएको एकता समाजले राजदूतसँग परिचयात्मक कार्यक्रम गरेको हो ।
    कार्यक्रममा राजदूत ढकाल, द्वितीय सचीव प्रवीण भट्टराई र दूतावासका अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिती थियो ।

    यस्तै, एकता समाजका अध्यक्ष क्षेत्री, महासचिव खिमबहादुर बुढा, सचिव राम प्रसाद पराजुली, कोषाध्यक्ष लक्ष्मण कोइराला, महिला विभाग संयोजक तथा केन्द्रीय सदस्य जानुका बस्नेत, केन्द्रीय सदस्यहरु खगेश्वर भुसाल, मिनराज पुन, कमल आचार्य, वैकल्पिक केन्द्रीय सदस्यहरु हिरा पौडेल शर्मा, उद्धव मगर, राष्ट्रिय परिषद सदस्य चेतन बन्जाडे, विमल भुसाल लगायत पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रममा अध्यक्ष थापाले कतारमा हुँदै गरेको फिफा वर्ल्ड कप सम्पन्न गर्न सबै नेपालीको जिम्मेवारी रहेको भन्दै समाजले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । साथै कतारमा रहेका नेपालीहरुको समस्याबारे दूतावास गम्भीर बन्न पनि आग्रह गर्नुभयो ।

    जवाफमा राजदूत ढकालले कतार नेपाली एकता समाजले उठाएका प्रश्नहरु जायज र समाजमुखी रहेको हुँदा नेपालीहरुका लागि नियोगबाट प्रदान गरिने सम्पुर्ण सेवा सुविधाहरुमा थप सहजीकरण गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    शुक्रबार, साउन ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.