• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

खुकुलो नागरिकता नेपालका लागि आत्मघाती हुने छ : मूल प्रवाह


  •   बिहिबार, साउन ०५, २०७९ मा प्रकाशित
  • नयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नागरिकतासम्बन्धी खुकुलो नीति नेपालका लागि आत्मघाती सावित हुने बताएको छ ।

    Advertisement

    नेपाल सरकारका प्रधानमन्त्रीको नाममा भारतस्थित नेपाली राजदूतावासमार्फत २०७९ साउन ५ गते ज्ञापनपत्र बुझाउँदै मूल प्रवाहले यस्तो धारणा व्यक्त गरेको हो ।

    केन्द्रीय उपाध्यक्ष कपिल खनालको नेतृत्वमा केन्द्रीय सल्लाहकार दुर्गाबहादुर केसी, केन्द्रीय सचिवालय सदस्य धनवीर पुन, केन्द्रीय सदस्य शिव केसी र केन्द्रीय प्रतिनिधि सूर्य क्षेत्री सम्मिलित प्रतिनिधि मण्डलले बुझाएको ज्ञापनपत्रमा नेपालमा वंशज र अङ्गीकृत दुई प्रकारको नागरिकता हुनुपर्ने धारणा व्यक्त गरिएको छ ।

    जन्मको आधारमा होइन, मूलतः वंशजको आधारमा नागरिकता नीतिको वकालत गरेको सो ज्ञापनपत्रको पूर्ण यस्तो छ :

    “मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महामहिम राजदूतमार्फत नेपाल सरकारको ध्यान आकर्षणका लागि यो ज्ञापनपत्र प्रस्तुत गरेका छौँ ।

    नेपाल सरकारले संसद्मा “नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक” प्रस्तुत गरेको छ । उक्त विधेयक नागरिकताबाट बञ्चित नेपालीलाई दिनेभन्दा पनि विदेशी नागरिक (विशेष गरी भारतीय) लाई नागरिकता कसरी सहज रूपमा उपलब्ध गराउने भन्ने विषयमा नै केन्द्रित रहेको देखिन्छ । जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिलाई वंशजको नागरिकता दिनाले नेपालमा बसोबास गरिरहेका भारतीयलाई नेपालको नागरिक बनाएर जनसाङ्ख्यियक अतिक्रमण गरेर वैधानिक रूपले नेपालको सार्वभौमसत्ता र राष्ट्रियतामाथि नै खतरा उत्पन्न हुने छ ।

    १. हामीले सुरुदेखि यो कुरामा जोड दिँदै आएका छौँ कि नेपालको विशिष्ट प्रकारको भूराजनीतिक स्थिति, खास गरेर नेपालको दुबै छिमिकी राष्ट्रहरू विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएका र अझ तीनतिरको खुला सीमामाथि विचार गर्दा नेपालले आफ्नो नागरिकतासम्बन्धी नीतिलाई अत्यन्त कडा बनाउनुपर्ने आवश्यकता छ तर गत कालमा नेपालमा विभिन्न सरकारले नेपालको नागरिकता नीतिलाई झन् पछि झन् खुकुलो पार्दै गएका छन् । अहिले प्रस्तुत विधेयकमा पनि त्यही पुनरावृत्ति देखा परेको छ । त्यसले गर्दा नेपालको राष्ट्रियता, सार्वभौमिकतामाथि गम्भीर आँच पुग्ने र व्यावहारिक रूपमा नेपालीहरू स्वयम् आफ्नै देशमा अल्पसङ्ख्यक बन्ने सम्भावना देखा पर्दै गइरहेको छ । त्यसकारण हाम्रो सङ्गठनले त्यस प्रकारको प्रवृत्ति अर्थात् नागरिकता नीतिलाई खुकुलो पार्ने नीतिको कडा शब्दमा विरोध गर्दै आएको छ र अहिले पनि गर्दछ ।

    २. हाम्रो सुरुदेखि नै स्पष्ट दृष्टिकोण रहँदै आएको छ कि देशमा नागरिकता खालि दुईओटा आधारमा मात्र लिन सकिने छ ः प्रथम– वंशजको आधारमा† द्वितीय– अङ्गीकृत आधारमा । जन्मको आधारमा नागरिकता दिने कुराको हामीले विरोध गर्दै आएका छौँ ।

    ३. हाम्रो देशमा बारम्बार जन्मको आधारमा नागरिकता दिने निर्णय हुँदै आएको छ । अहिलेको विधेयकले जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने प्रस्ताव अघि सारेको छ । हाम्रो जोड यो कुरामा छ कि जन्मका आधारमा नागरिकता प्राप्त गरेका सबै मानिसबारे छानबिन गरेर उनीहरूको नागरिकता खारेज गरिनुपर्दछ† साथै उनीहरूका सन्तानलाई वंशजको नागरिकता दिने प्रावधान खारेज गरिनुपर्दछ ।

    ४. सरकारको नागरिकतासम्बन्धी नीतिलाई खुकुलो पार्दै लैजाने नीतिको नै परिणाम यो हो कि त्यसले नागरिकतासम्बन्धी सर्वोच्च अदालतका कतिपय फैसलालाई कार्यान्वयन गरेको छैन । जीतेन्द्र देवको सिफारिसबारे सर्वोच्च अदालतले गरेको फैसलाको कार्यान्वयनका लागि सरकारले ध्यान नदिनु त्यसको एउटा उदाहरण हो । हाम्रो जोड यो कुरामा छ कि जितेन्द्रदेव आयोगको सिफारिसबारे सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गरिनुपर्दछ र त्यो फैसला हुनुभन्दा पहिले त्यो आयोगको सिफारिसानुसार नागरिकता पाएका सबै व्यक्तिबारे छानबिन गरी उनीहरूको नागरिकता खारेज गरिनुपर्दछ ।

    ५. हाम्रो सुरुदेखि नै यो कुरामा जोड रहँदै आएको थियो कि नेपाली पुरुषसित विवाह गरेर आउने विदेशी महिलालाई विवाहपछि तुरुन्तै नागरिकता दिनुहुन्न र अङ्गीकृत नागरिकताका सर्त पूरा गरेपछि नै उनलाई नागरिकता प्रदान गरिनुपर्दछ । त्यस सिलसिलामा नेपालमा कम्तीमा सात वर्ष स्थायी बसोबास गरेपछि र विदेशको नागरिकता त्यागेको प्रमाण पेस गरेपछि नै नागरिकता दिइनुपर्दछ । संसद्को राज्यव्यवस्था समितिले पनि त्यही प्रकारको सिफारिस गरेको थियो तर अहिलेको विधेयकमा त्यस प्रकारको कुनै व्यवस्था गरिएको छैन । त्यसकारण हामीले प्रस्तुत विधेयकमा त्यस प्रकारको व्यवस्था गर्नुपर्ने जोड दिन्छौँ ।

    ६. यो कुरा गरिनुपर्दछ कि बुबाआमा दुबै वंशजको नागरिक भएमा नै उनीहरूका सन्तानलाई वंशजको नागरिकता दिइनुपर्दछ । बुबाआमा नेपाली नागरिक भएका कारणले मात्र उनीहरूका सन्तानलाई वंशजको नागरिकता दिइने व्यवस्थाबाट अङ्गीकृत नागरिकका सन्तानलाई पनि वंशजको नागरिकता मिल्ने सम्भावना रहने छ । त्यसैले विधेयकमा त्यस प्रकारका भ्रामक शब्द हटाइनुपर्दछ ।

    ७. यो दुःखको कुरा हो कि नेपालको नागरिकतासम्बन्धी नीतिलाई अत्यन्त कडा बनाउनुपर्ने राष्ट्रिय आवश्यकता हुँदाहुँदै पनि देशमा कतिपय पक्षले त्यो नीतिलाई झन् झन् खुकुलो पार्दै लैजान जोड दिएका छन् । त्यस प्रकारको नीति नेपाल र नेपालीका लागि आत्मघाती सावित हुने छ । त्यसैले हाम्रो सङ्गठन नागरिकताबारे उच्च प्रकारको सतर्कताको नीति अपनाउन अनुरोध गर्दछ ।”

    बिहिबार, साउन ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.