काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल गौतमले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
Advertisement
संघीय संसद् भवन नयाँ बानेश्वरमा पुगेर उहाँले उपसभामुखको उम्मेदवारी दर्ता गराउनुभएको हो । सो उम्मेदवारीमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमारी चौधरी समर्थक हुनुहुन्छ ।
लामो समयदेखि प्रतिनिधिसभाको उपसभामुख पद रिक्त रहँदै आएको थियो । गठबन्धनकातर्फबाट साझा उम्मेदवारका रुपमा गौतमको उम्मेदवारी परेको हो ।
यता, लोकतान्त्रिक समाजवादी पार्टीले चन्दा चौधरीलाई उम्मेदवार बनाउने भएको छ । प्रतिपक्षी एमालेले लोसपाकी उम्मेदवार चौधरीलाई सहयोग गर्ने भएको छ ।
लोसपाका नेताहरू चौधरीलाई उम्मेदवार बनाउनका लागि छलफलमा छन् ।
उपसभामुखको निर्वाचन शुक्रबार तोकिएको छ ।