काठमाडौं । राजविराज नगरपालिकाका नगरप्रमुख भीमराज यादवसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा दायर भएको छ ।
Advertisement
राजविराजस्थित राजरंगशालाको निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
आर्थिक वर्ष ०७३/७४ मा राजरंगशालाको स्तरोन्नतिका लागि भएको निर्माण कार्यमा नगरप्रमुख समेत रहेका न्यु गहिल कन्ट्रक्सनका सञ्चालक भीमराज यादव, उदय निर्माण सेवाका संचालक उदय श्रेष्ठ, जिल्ला विकास समिति सप्तरीका तात्कालीन इन्जिनयर विकास श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका तात्कालीन प्रमुखद्वय लक्ष्मण मण्डल र महेन्द्रप्रसाद यादव, समितिका अध्यक्ष एजेट न्यासुर र उपाध्यक्ष धिरेन्द्र बर्माविरुद्ध आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
भ्रष्टाचार मुद्दा दायर भएसँगै नगरप्रमुख यादव निलम्बित भएका छन् ।